निर्मला हत्याकाण्डले झण्डै लियो यी भीआइपीको ज्यान !

धनगढी । कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको घटना छानबिन गर्न बनेको समितिका एकजना सदस्यमाथि धनगढीमा सांघातिक आक्रमण भएको छ ।

निर्मला हत्या प्रकरणको छानबिनका लागि गठित उच्चस्तरीय समितिका सदस्य एवम् उपसचिव वीरेन्द्र केसीमाथि आइतबार कैलालीको धनगढीमा आक्रमण भएको हो ।

सात नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव समेत रहेका केसी चढेको गाडीमाथि मोटरसाइकलमा आएको २ जनाले ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट धनगढी गएका केसीमाथि धनगढीको गेटा विमानस्थलबाट मन्त्रालय जाने क्रममा बाटोमा आक्रमण भएको हो। केसी चढेको बा १ झ ९७०३ नम्बरको गाडीमाथि पछाडिबाट आक्रमण भएको प्रहरीले जनाएको छ ।

प्रहरीले आक्रमणकारीको खोजी कार्य भइरहेको जनाएको छ । केसीको सुरक्षामा २ जना सुरक्षाकर्मी पनि थिए ।

Published : Sunday, 2018 September 30, 6:36 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया