निर्मला हत्याकाण्डमा सरकारको नयाँ टिप्पणीले निरास भयो पन्त परिवार

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले निर्मला हत्या प्रकरणमा दिएको अभिव्यक्तिले सबैलाई छक्क बनाइदिएको छ ।

अमेरिकामा अन्तर्वार्ताका क्रममा ओलीले निर्मला हत्या प्रकरणमा विवादास्पद अभिव्यक्ति दिएको भनेर सामाजिक सञ्जालमा आलोचना पनि भएको छ । ओलीले बलात्कार र हत्या सरकारले नगरेको बताएका छन् । उनले भने, ‘यस्ता कतिपय घटनामा अपराधीहरू पत्ता लाग्न १२ वर्ष पनि लाग्न सक्छ ।’

प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हरेक व्यक्तिका पछाडि त प्रहरी त हुँदैन कुनै पनि समाजमा । सरकारले पत्ता लगाउन सकेन होला, किनभने अपराध गर्नेले सूचना दिएको त हुँदैन । दसी छोडेको हुँदैन ।’

‘पहिलो कुरा म भनौं, यस्ता कुराहरू राजनीतिक हत्कण्डाका कुरा वा राजनीतिक विषय बनाउने कुरा, राजनीतिक दाउपेच, उछिनापाछिनका कुरा होइनन्’, उनले भने, ‘सामाजिक अपराध भनेको बुहतै निन्दनीय र दुःखद कुरा हो । त्यसमाथि जुन प्रकारका अमानवीयभन्दा पनि अत्यन्त निकृष्टखालका जघन्य अपराधका घटनाहरु घटेका छन्, यी अत्यन्तै दुःखद छन् । अत्यन्तै चिन्ताजनक छन् । र, यसले हाम्रो समाजिक मूल्यमान्यता र हाम्रो सामाजिक स्तर कहाँ जाँदैछ भन्ने हो ।’

‘हरेक व्यक्तिका पछाडि त प्रहरी त हुँदैन कुनै पनि समाजमा । अपराधकर्मको मनोवृत्तिलाई कम गर्न सकिएन र त्यस्ता मनोवृत्तिलाई हौस्याउने खालका कामहरू भए भने त्यो दुःखद कुरा हुन्छ’, ओलीले अन्तर्वार्ताका क्रममा भनेका छन्, ‘सरकारले पत्ता लगाउन सकेन होला, किनभने अपराध गर्नेले सूचना दिएको त हुँदैन । दसी छोडेको हुँदैन ।’

ओलीले भनेका छन्, ‘कोही–कोही ठाउँमा हुन सक्छ, कसैको संगग्नताको कुरालाई ढाकछोप गर्ने प्रयास स्वरुप पनि अल्मलिएको हुन सक्छ । सबै ठाउँमा पत्ता नलागेको छैन । नेपालमा अपराध पत्ता लगाउने कुरामा नेपाल प्रहरी अगाडि नै छ, माथि नै छ । १२ वर्ष अगाडिका अपराधहरू अहिले पत्ता लागिराखेका छन् । अस्ति भर्खर पनि १२ वर्ष अगाडिको एउटा अपराध पत्ता लाग्यो । यस्ता घटना १२ वर्ष अगाडिका पनि पत्ता लाग्दारहेछन् ।’

‘अर्थात् १२ वर्ष त पत्ता लागेको थिएन नि त । कहिले कहिले १२ वर्ष पनि पत्ता लाग्दोरहेन छ अपराध । अपराध पत्ता लाग्न समय लाग्न पनि सक्छ । तर, के सरकार अपराध ढाक्न लागेको छ ? के अपराधी जोगाउन लागेको छ ? त्यस्तो लागेको छैन । कोही यस्तो हुन सक्दछ, कुनै पनि संगठनमा, संस्थामा, राज्यमा, निकायमा शत प्रतिसत मान्छे ठीकै छ भन्न सकिन्न होला’, कम्युनिस्ट प्रधानमन्त्री ओलीले भनेका छन्, ‘त्यस्तो मान्छेहरूको पनि घुसपैठ हुन सक्छ । तर, राज्यको तर्फबाट त्यस्तो भइराखेको हैन र राज्य त्यस कुरामा गम्भीर छ ।’

Published : Sunday, 2018 September 30, 5:25 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया