कम्युनिस्टहरुको किल्लामा कांग्रेसले झण्डा गाढ्यो
काठमाडौं । नेपाल जनस्वास्थ्य संघको अध्यक्षसहित अधिकांश पदमा नेपाली कांग्रेस निकटको समूह विजयी भएको छ ।
कांग्रेस निकटका श्रीकृष्ण भट्ट संघको अध्यक्षमा विजयी भएका छन् । शनिबार राजधानीमा सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार अध्यक्षमा श्रीकृष्ण भट्टले ६ सय ४ मत ल्याए विजयी भएका हुन् ।
भट्टका प्रतिद्वन्द्वी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समर्थित मोहनकृष्ण श्रेष्ठले ५ सय २७ मतसहित पराजित भएका छन् ।
नयाँ कार्यसमितिका लागि संघमा नेपाली कांग्रेस निकटको पेशागत समूह र नेकपा निकट प्रगतिशील समूहबीच प्रतिस्पर्धा भएको थियो ।
उपाध्यक्षमा कृष्णमान शाक्य ५ सय ४६ मत सहित विजयी भएका छन् । निकटतम प्रतिद्धन्द्धीा सुदर्शन पौडेलले ४ सय १५ मत मतसहित पराजित भएका छन् ।
महासचिवमा महेश्वर श्रेष्ठले ५ सय ५६ मत पाएर विजयी भएका छन् । सचिवमा दीपेन्द्र खड्काले ५ सय १३ मतसहित विजयी भएका छन् ।
कोषाध्यक्षमा विनोद जोशीले ६ सय ५० मत र सहकोषाध्यक्षमा सञ्जय शाहले ५ सय ४६ मत प्राप्त गरि विजयी भएका छन् ।
संघको १५ पदका लागि भएको निर्वाचनमा कांग्रेस निकटको समूहले अध्यक्षसहित उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष सहकोषाध्यक्ष र ६ जना सदस्य सहित बहुमत पद जितेको छ ।
नेकपा निकटको प्रगतिशील समूहले भने सचिवसहित जम्मा तीन सदस्य पदमा जित हासिल गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत