एसपी विष्टको डिएनए रिपोर्ट बाहिरियो, खडा भयो गम्भीर प्रश्न
काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तसँग निलम्बित एसपी डिल्लीराज विष्टको डिएनए रिपोर्ट नमिलेको तथ्य बाहिरिएको छ ।
घटनामा संलग्न भएको आशंकामा निलम्बित एसपी डिल्लीराज बिष्ट, उनका छोरा किरण बिष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टका भतिज आयुष बिष्टको डिएनए परीक्षण गरिएको थियो । उनीहरुको डिएनए निर्मलासँग म्याच नभएको प्रहरी स्रोतले जनाएको छ ।
तीनैजनाको रगतको नमूना संकलन गरी शिक्षण अस्पताल महाराजगञ्जमा डिएनए परीक्षण गरिएको थियो । परीक्षणको प्रतिवेदन सरकारी वकिलको कार्यालय कञ्चनपुरमार्फत आइतबार सार्वजनिक हुँदैछ ।
प्रहरीले निर्मलाको हत्या घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेका दिलीप बिष्टको पनि डिएनए परीक्षण गरेको थियो । दिलीपको पनि डिएनए म्याच खाएको थिएन ।
निलम्बित एसपी विष्टसहित तीनजनाको डिएनए रिपोर्ट म्याच नखापछि निर्मलाका दोषीहरु तत्काल पाक्राउ पर्नेमा आशंका थपिएको छ ।
1 प्रतिकृया प्राप्त “एसपी विष्टको डिएनए रिपोर्ट बाहिरियो, खडा भयो गम्भीर प्रश्न”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

अनि अस्थाई साधनको प्रयोग भको थियो होलानी अनि पैलानी प्रमाण नस्ट गरियेको थियो सरिर अनि कपडा पुरै पखालेर चै अनि कसरी मिल्छ त।