निर्मलालाई न्याय माग्दै काठमाडौं सरकारविरुद्ध फेरि प्रदर्शन
काठमाडौं । निर्मला पन्तका हत्याराहरूलाई कारबाहीको माग गरेर काठमाडौंमा भव्य प्रदर्शन भएको छ ।
शनिबार दिउँसो माइतीघर मण्डलामा जम्मा भएका सयौँ व्यक्तिहरूले सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।
निर्मला पन्तको न्यायका लागि भन्दै भेला भएका नागरिक अभियन्ताहरूले बलत्कार र हत्या घटनाको छानविन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।
निर्मलाको हत्या भएको दुई महिना भइसक्दा पनि दोषी पत्ता नलागेको भन्दै कम्युनिस्ट सरकारको आलोचना गरिएको थियो ।
छानविन समितिको प्रतिवेदन पनि सार्वजनिक नगर्नुले सरकार अपराधीको संरक्षणमा लागेको प्रमाणित भएको भन्दै उनीहरूले गृहमन्त्री र सरकार विरुद्ध नाराबाजी गरे ।
छानविन प्रतिवेदन सार्वजनिक गरि दोषीलाई कारवाही गर्नुको साथै मुलुकभरका महिला हिंसाका घटना न्युनीकरणको माग सहितको प्लेकार्ड लिएर भेला भएका युवा अभियन्ताहरुले देशव्यापी आन्दोलन चर्काउने चेतावनी दिए ।
गृहमन्त्रालयद्वरा गठित उच्चस्तरीय छानविन समितिले सो घटनको अध्ययन प्रतिवेदन बुझाईसकेको भएपनि सरकारले प्रतिवेदन सार्वजनिक गरेको छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत