‘पुरस्कार पाउन प्रचण्डले ओली सरकार ढाल्ने’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नोवेल पुरस्कारका लागि आफूलाई कसैले पनि प्रस्ताव नगरेकोमा दुखेसो पोखेका छन् ।

वाम विश्लेषक भरत दाहालले प्रचण्ड नोवल पुरष्कार पाउने आशामा शक्तिकेन्द्र धाउने गरेको आरोप लगाएका हुन् । नोवल पुरस्कार प्राप्त गरेपछि कथित जनयुद्धमा भएको नरशंहारको अपराधबाट जोगिन सकिने र युद्ध अपराधको मुद्धा खेप्न नपर्ने योजनामा प्रचण्ड सक्रिय रहेको आरोप लाग्दै आएको छ ।

‘पुष्पकमल दाहाल प्रचण्डजी आफूले नोवेल पुरष्कार पाउनुपर्ने योग्यतम् पात्र भएर पनि कसैले प्रस्तावित नगरेको दुखेसो प्रकट गर्न थालेको एक वर्ष भयो’, उनले सामाजिक सामाजिक सञ्जालमा लेखेका छन्, ‘हेग जानबाट जोगिने उपायका रूपमा उनले देख्दै आएको यस्तो सपना विदेशी शक्तिहरूसामु पनि प्रचण्डले राखिसकेका छन् ।’

‘युरोपीयनहरूले हामी पहल गर्न सकारात्मक छौं, इण्डियालाई मनाउनु पर्‍यो’ भन्ने प्रतिकृया दिएपछि प्रचण्ड पछिल्लो समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चाकरीमा लागेको वाम राजनीतिक विश्लेषक दाहालले बताएका छन् ।

नोबल पुरस्कारको लोभमा प्रचण्डलले केपी ओली नेतृत्वको सरकारलाई ढाल्न सकक्ने पनि विश्लेषक दाहालले बताएका छन् । ‘इण्डियनहरूले प्रचण्डको अपराधपूर्ण बन्धक जिन्दगीको फाइदा उठाएर सत्तालाई अस्थिर बनाउन सरकार ढाल्न सक्ने संभावना छ’, विश्लेषक दाहालले भनेका छन् ।

ओली सरकारको आलोचना गर्दै आएका प्रचण्ड एक हप्ता अगाडि पत्नी सीता दाहालको उपचारको बहाना बनाएर सिंगापुरमा छन् । सिंगापुरमा शक्ति केन्द्रका प्रभावशाली व्यक्तिहरुसँग भेटवार्ता गर्ने स्रोतको भनाइ छ ।

Published : Saturday, 2018 September 29, 11:54 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया