वामदेवले कुनै पनि हालतमा नछाड्ने
काठमाडौं । खड्गप्रसाद ओली सकारात्मक नभइदिँदा नेता वामदेव गौतमलाई सांसद बन्ने बाटो बन्द हुने खतरा बढेको छ ।
केन्द्रीय सचिवालयको निर्णय कुरेर बसेका गौतमलाई ओलीले छेक्न अनेकौं तिकडमहरू अपनाइ रहेका छन् । सचिवालयमा गौतमलाई सांसद बनाउने प्रस्तावलाई ओलीले रोकेर राखेका छन् । गौतमलाई सांसद बनाउँदा पार्टी र सरकार चलाउन समस्या हुने बुझेका ओलीले यो विषयलाई रुचाएका छैनन् ।
गौतमका विरुद्ध डोल्पाका सांसद धनुबहादुर बुढालाई उकासेका ओली जसरी हुन्छ आफ्नो योजनामा सफल हुने खेलमा छन् ।
ओलीकै उक्साहटमा राजीनामा नदिने बताइरहेका सांसद बुढाले गौतमका छोरालाई भने सांसद पदबाट राजीनामा दिएर बाटो छोडिदिने आश्वासन दिएको स्रोतले जनाएको छ । ओलीको ग्रिन सिग्नल खोजेका गौतमले बुढालाई कसरी मिलाउनु पर्छ भन्ने सबै रणनीति बनाएका छन् ।
राज्यमन्त्री बुढा र गौतमका छोरा हरिश विजनेश पार्टनर हुन् । उनीहरूबीच गौतमलाई डोल्पा निर्वाचन क्षेत्र छाड्ने सहमति भएको छ ।
स्रोतका अनुसार गौतमलाई डोल्पाबाट उपनिर्वाचनमार्फत जिताएर ल्याएपछि बुढालाई दुई वर्षपछि रिक्त हुने राष्ट्रियसभामा मनोनीत गर्ने आश्वासन दिइएको छ । बुढालाई राज्यमन्त्रीबाट बढुवा गरेर फुल मन्त्री बनाउने आश्वासन पनि गौतमले दिएका छन् ।
गौतमका विरुद्ध चरित्र हत्या हुने गरेर ओलीको सचिवालयमार्फत समाचार सम्प्रेषण भएको भन्दै गौतमले आरोप लगाउने गरेका छन् । ओलीलाई सुस्त–सुस्त छाड्दै गएका गौतमले नेकपाकै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को समूहलाई साथ दिन थालेका छन् ।
गौतमलाई अगाडि बढाउँदा ओलीलाई साइजमा राख्न सकिने बुझाई प्रचण्डको छ । त्यही भएर प्रचण्डले गौतमलाई जसरी हुन्छ प्रतिनिधि सभामा सांसद बनाएर ल्याउन खोजेको स्रोत बताउँछ ।
नेता गौतमले पनि प्रतिनिधिसभामा नै आउन प्रयास गरेका छन् । प्रचण्डले गौतमलाई जसरी पनि एक पटक प्रधानमन्त्री बनाउने आश्वासन दिएका छन् । राष्ट्रिय सभामा आउँदा प्रधानमन्त्री बन्न पाइँदैन ।
सोही संवैधानिक अड्चनका कारण गौतमले प्रतिनिधि सभा नै तोकका छन् । गौतमलाई ओलीका कारण सांसद बन्न त्यति सहज छैन । गौतमले अरु जिल्लाबाट उपनिर्वाचन उठ्ने छैनन् । उनी डोल्पामै अहिले पनि भित्रभित्रै तयारी गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत