दशैँको मुखमा सरकारले दियो महँगी उपहारः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले निर्मला पन्तको हत्या प्रकरणमा उच्चस्तरीय छानविन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी छिन् ।

राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै सांसद देवकोटाले निर्मला पन्तका दोषीलाई छिटो पक्राउ गरेर कारबाहीको माग गरिन् ।

‘उच्चस्तरीय छानविन समितिले प्रतिवेदन बुझाएको छ’, उनले भनिन्, ‘सरकारले प्रतिवेदन छिटो सार्वजनिक गरोस् ।’

सांसद देवकोटाले मुलुकमा शान्ति सुरक्षा अत्यन्तै खराब भएको बताइन् । ‘शान्ति सुरक्षा एकादेशको कथा भयो’, उनले भनिन्, ‘चाढपर्वको मुखमा जताततै महँगी बढेको छ । भाडा वृद्धि भएको छ । कालाबजारी भएको छ ।’

सांसद देवकोटाले खाद्य पदार्थमा भएको अखाद्य बस्तुको मिसावट रोक्न माग गरिन् । ‘शक्तिशाली सरकार छ । सरकार निरिह भएको छ’, उनले भनिन्, ‘सरकारले कानून बनाउनेभन्दा पनि नियम निलम्बन गरेर हतार हतार गर्न खोजेको छ ।’

यसैबीच, कांग्रेसकी सांसद देवकोटाले थारु कल्याणकारिणी सभामा निर्वाचित नयाँ नेतृत्वलाई बधाई दिएकी छिन् ।

धनीराम चौधरीको नेतृत्वमा थारु कल्याणकारिणी सभामा नयाँ नेतृत्व आएको छ । कार्यसमितिमा निर्वाचित अधिकांस पदाधिकारी र सदस्यहरू नेपाली कांग्रेसका शुभेच्छुकहरू हुन् ।

Published : Wednesday, 2018 September 26, 8:49 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया