पोखरामा उर्लियो मानव सागर, प्रहरीलाई ठूलो दवाव
पोखरा । पोखरा महानगरपालिकाको पुम्दीभुम्दीकी १० वर्षीया श्रीया विकको हत्यारालाई कारवाहीको माग गर्दै स्थानीयले जिल्ला प्रहरी कार्यालय कास्कीमा नाराबाजी सहित घेराउ गरेका छन् ।
श्रीयालाई बलात्कारपछि हत्या गरेको भन्दै हत्यारालाई कारवाहीको माग गर्दै स्थानीयले बुधबार प्रदर्शन गरेका हुन् । कारवाहीका लागि दवाव स्वरुप जिल्ला प्रशासन कार्यालयमा पनि घेराउ र नारावाजी भएको छ । स्थानीयहरूले बलात्कारीलाई फासी दिनुपर्ने भन्दै नारावाजी गरेका छन् ।
कन्चनपुरमा निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै आन्दोलन चलिरहेका बेला पोखरामा मंगलबार हत्या दश वर्षीया श्रेया विकको बलातकारपछि हत्या भएको छ ।
Published : Wednesday, 2018 September 26, 7:03 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत