गृहमन्त्रीको बयानले निर्मलाका दोषीले उन्मुक्ति पाउने खतरा बढ्यो

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा आफैले निर्मला बलात्कारपछि हत्या भएको विषयमा ठूलो रहस्य खोलेका छन् ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा गृहमन्त्री थापाले अनुसन्धानका क्रममा मुचुल्कामा बाबुको नक्कली औठा छाप भेटिएको बताए ।

‘घटना १० गते भएको छ ११ गते मुचुल्का उठाउँदै त्यहाँ बाबुको औंठाछाप लगाइएको छ’, उनले भनिन्, ‘जबकी भारतबाट १२ गते आएको भनिएको छ ।’

गृहमन्त्री थापाले मृतकको कपडा पखाल्ने काम मात्र नभई त्यसलाई जलाउने काम समेत गरेर ठूलो त्रुटी भएको बताए ।

गृहमन्त्री थापाले गृहमन्त्री र प्रहरी ज्योतिषी नभएको बताए । उनले भने, ‘छिटोभन्दा छिटो दोषी पत्ता लगाउछौँ । कति गते कुन दिन दोषीलाई कानूनी कठघरामा उभ्याउने भन्ने अहिले भन्न सकिँदैन ।’ थापाले यो घटना प्रायोजित नभएको बताए ।

Published : Wednesday, 2018 September 26, 6:39 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया