सीताको महँगो उपचार खर्च कहाँबाट आउँछ ? प्रचण्ड सिंगापुर जाँदै
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको लागि भन्दै सिंगापुर जाँदैछन् ।
सीताको उपचारका लागि प्रचण्ड बुधबार राति ९ बजेपछि सिंगापुर जान लागेका हुन् । उनी सिल्क एयरलाइन्सको उडानबाट त्यसतर्फ जान लागेको स्रोतले जनाएको छ ।
प्रचण्ड र उनकी पत्नी सीता दाहालसँग कान्छी छोरी गंगा दाहाल आचार्य र भतिजा समीर दाहाल पनि सिंगापुर जाँदै छन् । सीता दाहालको फलोका लागि सिंगापुर लैजान लागिएको बताइएको छ ।
असार ४ गते पत्नीको उपचारका लागि भन्दै प्रचण्ड झण्डै १५ दिन सिंगापुरमा बसेका थिए । नेपालमा उपचार संभव नभएको दाबी गर्दै प्रचण्डले सीता दाहाललार्इ भारतमा लगेर उपचार पनि गराएका थिए ।
भारतमा उपचार गरेर फर्किएपछि रोग निको नभएको भन्दै सीतालाई थप उपचारका लागि सिंगापुर लगिएको थियो । कलेजोको समस्या, सुगर, प्रेसर लगायतका रोगबाट पीडित सीता दाहालको सिंगापुरस्थित एमपी एलिजाबेथ अस्पतालमा वाटर थेरापीबाट उपचार हुँदै आएको छ ।
सीता दाहालको सिंगापुरमा हुने उपचार खर्चलाई लिएर बेलाबेला प्रश्न उठ्ने गरेको छ । प्रचण्डको नाममा सम्पत्ति छैन । भएको सम्पत्तिहरूबाट खान लाउन नपुग्ने देखिन्छ । तर, पत्नीलाई उपचार गराउन पटक पटक सिंगापुर लैजाने गरेका छन् । खर्चका विषयमा प्रचण्डले कहिल्यै पनि जानकारी दिएका छैनन् ।
यसअघि सिंगापुरमा प्रण्डचले भारतीय गुप्तचर संस्था ‘रअ’का उच्च प्रतिनिधिहरूसँग भेटवार्ता गर्ने गरेको आरो पनि लाग्दै आएको छ । प्रचण्डले सो आरोपको खण्डनगर्दै आएका छन् ।
1 प्रतिकृया प्राप्त “सीताको महँगो उपचार खर्च कहाँबाट आउँछ ? प्रचण्ड सिंगापुर जाँदै”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

चितवनको एक कठ्ठा कि कतिको खेतिबाट आएको आम्दानी ,दुई तीन तोला सुन बैंकमा राखेर पनि पैसा निकाल्न सकिन्छ नि । आम्दानी हुने ठाँउ त्यति हो ।साँसद बापत पाएको पैसा त काठमाण्डौको बसाईमा खर्च हुन्छ होला ।