तन्नेरीहरूको पार्टी बन्ने भयो कांग्रेस, युवाहरूलाई निश्चि कोटा
इलाम । नेपाली कांग्रेसले युवालाई राजनीतिमा आकर्षित गर्न ‘युवा कोटा’ निश्चित गर्ने भएको छ ।
प्रत्येक तहका समितिमा १८–२५ वर्षसम्मका युवाको सहभागिता अनिवार्य गराउने विधानमा प्रस्ताव गरिएको छ । प्रस्तावित विधानमा सुझाव संकलन गर्न प्रदेश १ मा खटिएका टोलीका संयोजक कांग्रेस नेता आनन्द ढुंगानाले निर्वाचित नभए मनोनयन गर्ने व्यवस्था गरिने बताए ।
यस्तो व्यवस्थाले युवालाई राजनीतिमा आकर्षण गर्ने कांग्रेसको ठहर छ । प्रस्तावित विधानमा दुई दिन लगाएर सुझाव संकलन गरेपछि सदरमुकाममा आयोजित पत्रकार भेटघाटमा टोली संयोजक ढुंगानाले यस्तो व्यवस्था राख्दा नयाँ नेतृत्वको जग बस्ने उल्लेख गरे ।
कांग्रेसले पार्टीमा क्रियाशील हुने अधिकतम उमेर हद भने प्रस्ताव गरेको छैन । विधान मस्यौदा समितिले देशभरबाट आएको सुझावका आधारमा अन्तिम मस्यौदा तयार पार्ने भएको छ ।
मस्यौदा केन्द्रीय समितिबाट पारित भएपछि महासमिति बैठकमा पेश हुनेछ । महासमितिबाट पारित भएपछि विधान लागू हुने छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत