डा.शशांक कोइरालाको अह्वानले कांग्रेसका शुभेच्छुकहरू फुरुङ्ग

पोखरा । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले चार वर्षपछि हुने निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।

पोखरामा मंगलबार आयोजित कार्यक्रममा डा.कोइरालाले यो चुनावमा कांग्रेसले दुर्दशा व्यहोरे पनि अब जुर्मुराउने बेला आएको बताए । ‘कांग्रेसलाई यसपालीको चुनाव दुर्दशा सावित भयो । पछिल्लो समय समर्थकहरूफेरि बढ्नेक्रम जारी छ’, उनले भने, ‘कांग्रेसप्रति बढेको आकर्षणलाई रोक्ने होइन बढाउँदै लैजाने हो ।’

कम्युनिस्टहरूका कारण कांग्रेसमा समर्थन बढिरहेको उनको भनाई थियो । महामन्त्री डा.कोइरालाले ४ वर्षमा कांग्रेसलाई पहिलो पार्टी बनाउने बताए । पार्टीको विधान संशोधनमा कांग्रेस गम्भीर भएर लाग्नुपर्ने उनले बताए ।

महामन्त्री डा.कोइरालाले कांग्रेसमा बढेको आकर्षणलाई थप ऊर्जा थप्ने गरी कार्यकर्ताको सुझाव चाहिएको बताए ।

उनले कांग्रेस ऐतिहासिक समयमा भएकोले कार्यकर्ताको काँधमा ठूलो जिम्मेवारी आएको बताए । ‘तपाईहरूको काँधमा ठूलो जिम्मेवारी छ । यसलाई गम्भीरतापूर्वक बहन गरेर आउँदो दिनमा कांग्रेसलाई सर्वश्रेष्ठ र लोकप्रिय पार्टी बनाउने दायित्व आएको छ’, उनले भने, ‘कार्यकर्ताको सुझावलाई महासमितिले छलफल गर्नेछ ।’

Published : Tuesday, 2018 September 25, 9:40 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया