कम्युनिस्ट सरकारलाई आफ्नैले दिएनन् साथ, एक्लिए ओली

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीकै दलको विद्यार्थी संगठनले दुई तिहाईको सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

सार्वजनिक यातायातमा वृद्धि भएको १० प्रतिशत भाडा फिर्ता लिन माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंमा प्रदर्शन गरेको हो ।

अनेरास्ववियुले भाडा फिर्ताको माग गर्दै चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पस अगाडि प्रर्दशन गरेको हो । अनेरास्ववियुको प्रदर्शनका कारण चावहिल क्षेत्रमा सवारी आवागमन समेत प्रभावित भएको थियो ।

दशैँको मुखमा जनताको अपेक्षा विपरीत सरकारले जनघात हुने गरी यातायातमा भाडा बढाएको अनेरास्ववियुले आरोप लगाएको छ । वृद्धि भएको भाडा फिर्ता गराउन दवाव मूलक आन्दोलन गर्नु परेको अनेरास्ववियुका सचिव सुदेश पराजुलीले जानकारी दिए ।

अनेरास्ववियु पशुपति बहुमुखी क्याम्पस कमिटीले आह्वान गरेको प्रर्दशनमा सहभागीहरूले दुईतिहाई बहुमतको सरकारले जनताको अपेक्षा विपरितका काम गर्न नहुने जनाएको छ ।

Published : Tuesday, 2018 September 25, 8:06 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया