निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन बुझाइयो, के छ प्रतिवेदनमा ?
काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना बारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले प्रतिवेदन बुझाएको छ ।
सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको समितिले मंगलबार गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको हो । गृहमन्त्रालयमा आयोजित कार्यक्रममा समितिले कितावका रुपमा तयार पारेको प्रतिवेदन बुझाएको छ ।
प्रतिवेदनमा के–के विषय समेटिएको छ ? भन्नेबारे केही बताइएको छैन । गृहमन्त्री थापाले समितिको प्रतिवेदन अध्ययन गरेर दोषी उपर कारबाही गरिने बताएका छन् ।
प्रतिवेदनले पनि निर्मला पन्तका असली दोषीलाई किटान गर्न नसकेको स्रोतको भनाइ छ । ‘प्रतिवेदनले निर्मला पन्तको अनुसन्धानमा प्रहरीको लापरवाही भएको कुरालाई जोडतोडले उठाइएको छ’, स्रोतले भन्यो, ‘गृहमन्त्रीजीले प्रतिवेदनका राय सुझावलाई कसरी लिनु हुन्छ ।’
प्रतिवेदनमा केही उच्च निकायका व्यक्ति र राजनीतिक दलका नेताहरूले अनुसन्धानमा दवाव दिएको विषय पनि उल्लेख रहेको स्रोतको दाबी छ । प्रतिवेदनमा रहेका विषयमा आधिकारिक रुपमा कसैले पनि जानकारी दिएका छैनन् ।
निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना भइसकेको छ । तर, प्रहरीले दोषीलाई पक्राउ गर्न सकेको छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत