सत्तारुढ दलका सांसदको छोरा पक्राउ गर्न प्रहरी परिचालन
गौर । रौतहट जिल्लामा भएको डुंगा दुर्घटनाको मुख्य कारण समयमा पुल निर्माण नहुनु रहेको भन्दै पुल बनाउने जिम्मा लिएको ठेकदार कम्पनीमाथि उजुरी परेपछि पक्राउ गर्न प्रहरी परिचालन भएको छ ।
भदौ ८ गते गौर नगरपालिका–४ स्थित टिकुलीया घाटमा भएको डुंगा दुर्घट्नाको कारण समयमा पुल निर्माण नहुनु रहको भनी पीडित परिवारले प्रहरीमा किटानी जाहेरी दिएका थिए । उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय रौतहटले पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई पक्राउ पुर्जी जारी गरेको छ ।
सुमित रौनियारका बाबु हरिनारायण प्रसाद रौनियार संघीय समाजवादी फोरम नेपालको तर्फबाट प्रसा जिल्ला क्षेत्र नं. ३ बाट प्रतिनिधि सभामा सांसद छन् । बाबुले नै छोरालाई जोगाउन थालेका छन् । सांसद हुनु अगाडि हरिनारायणले नै पप्पु कन्ट्रक्सन हेर्दै आएका थिए । सांसद भएपछि सबै जिम्मेवारी छोरा सुमित रौनियारलाई दिएका छन् । बाबु छोरा सगोलमा बस्छन् ।
जिल्ला प्रहरी कार्यालयले यसअघि रौनियारलाई सम्पर्कमा आउन गर्न पत्राचार गरेपनि अटेर गरेपछि अदालतको आदेश लिएर पक्राउ पुर्जी जारी गरिएको प्रहरीले जनाएको छ । रौतहटका प्रहरी प्रमुख एसपी केदार ढकालले गौरको टिकुलीया घाटमा भएको डुंगा दुर्घटनाका विषयमा केही कुरा बुझ्न भनी बोलाउँदा अटेर गरेकाले पक्राउ पुर्जी जारी गरिएको बताए ।
रोनियारलाई पक्राउ गर्न प्रहरी खटाइसकिएको छ । भदौ ८ गते लालवकैया नदीमा निमार्णधीन पुलको पिलरमा डुंगा ठोकिएर दुर्घटना हुँदा ५ जनाको ज्यान गएको थियो ।
डुंगामा भएका २४ जना पौडिएर बाँचेका थिए । डुंगा दुर्घनापछि सदरमुकाम गौरमा पप्पु कन्स्ट्रक्सनलाई कारबाहीको माग गर्दै प्रदर्शन पनि भएको थियो ।
२०७१ साल असार २९ गतेबाट निर्माणको काम सुरु गर्ने ठेकेदारले सम्झौता गरेका थिए । घाटको पुल निर्माण सम्पन्न गर्ने अन्तिम समय २०७४ असार २५ गते थियो । पुलको काम पप्पु कन्ट्रक्सनले करीब आधा मात्रै गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत