कांग्रेसका शुभेच्छुकहरूलाई सानेपाबाट आयो सन्देश
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकारको अधिनायकवाद उन्मुख शैलीलाई असफल बनाउन नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री खड्गप्रसाद ओलीले विरोधीहरूलाई ‘अरिंगाल’ बनेर प्रतिवाद गर्न निर्देशन दिएको एक हप्तापछि देउवाले सरकारको अधिनायकवादको सामना गर्न कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
पार्टी मुख्याले सानेपामा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले मुलुकलाई सबै खालको अन्यायबाट मुक्त बनाउन कांग्रेस बलियो शक्तिको रुपमा स्थापित हुन जरुरी रहेको बताए । ‘राष्ट्रियहितका लागि पार्टीको स्वार्थ अनुकूल अघि बढन आह्वान गर्छु’, उनले भने ।
‘राष्ट्रलाई सबै खालको अन्यायबाट मुक्त गराउने कामको नेतृत्व लिने बेला भएको छ’, उनले भेन, ‘नेता, कार्यकर्ताहरूले विगतका कुरामा अलमलिएर बस्न हुँदैन ।’
देउवाले कांग्रेसले राम्रो संविधान बनाउन नेतृत्व लिएको भन्दै पार्टीको विधान पनि अत्यन्तै राम्रो बनाउनुपर्ने बताए ।
पार्टीको विधान संशोधन मस्यौदा समितिले तयार पारेको प्रारम्भिक मस्यौदामाथि सोमबारबाट सुझाव संकलनको काम सुरु गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत