निर्मलालाई न्याय माग्दै कांग्रेसका नेतृहरुद्धारा ओलीलाई दवाव
काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तका दोषीलाई कारबाहीको माग गरेर देशभरि प्रदर्शनका साथै प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।
राजधानीसहित ७७ वटै जिल्ला प्रशानमा धर्नासहित नेपाल महिला संघले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको कांग्रेस सांसद अनिता देवकोटाले जानकारी दिइन् ।
महिला संघले निर्मला पन्तका हत्यारालाई छिटोभन्दा छिटो पक्राउ गरेर हदैसम्मको कारबाही गर्न माग गरिएको छ ।
सरकारले देशमा शान्ति सुरक्षा बनाउन नसकेको भन्दै महिला संघले शान्ति सुरक्षाका लागि पनि दवाव दिएको छ । महिला संघले सरकारले नै दोषीलाई संरक्षण गरेको हो कि भनेर आशंका पनि गरेको छ ।
निर्मला पन्तका हत्याराहरुलाई छिटोभन्दा छिटा पक्राउ गर्न महिला संघले आइतबारदेखि दवाव मूलक कार्यक्रम गर्ने सरकारलाई चेतावनी दिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत