बर्लिनको पर्खा बन्यो कांग्रेस, ‘नेकपा’को घनले काम नगर्ने !
काठमाडौं । नेपाली कांग्रेसले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई महाअभियोग लगाउने गल्ती नगर्न सरकारलाई चेतावनी दिएको छ ।
राष्ट्रिय सभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेसका सांसद राधेश्याम अधिकारीले न्यायाधीशलाई महाभियोग लगाउनु ठूलो गल्ती चेतावनी दिए ।
‘महाअभियोगलाई सामान्य अवस्थामा प्रयोग गर्ने अस्त्रको रुपमा लिन हुँदैन’, उनले भने, ‘कांग्रेसले तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता गरेको महाअभियोग गलत हुन पुगेको थियो ।’
सांसद अधिकारीले कांग्रेसको जस्तै गल्ती हुनेगरी न्यायाधीश दीपकराज जोशीविरुद्ध महाअभियोग लगाए जनताले नेकपालाई दण्डित गर्ने बताए ।
कांग्रेसले न्यायालयको बचाउमा बर्लिनको पर्खाल बन्ने संकेत गरेको छ । कांग्रेसका सांसद अधिकारीले स्वतन्त्र न्यायापालिकामाथि नेकपाको सरकारको राजनीतिक हस्तक्षेप हुन नदिने बताए । उनले न्यायालयलाई शाखा कार्यालय बन्न नदिने पनि चेतावनी दिएका छन् ।
सर्वोच्चका वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई हटाउन नेकपाले महाभियोगका लागि भन्दै हस्ताक्षर संकलन गरेपछि कांग्रेसले विरोध गर्दै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत