यी नेताले संसदमा बोलेपछि कम्युनिस्ट सरकार र बिखण्डनकारीहरू थर्कमान

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद राजेन्द्र लिङ्दनेले संविधानको प्रावधान विपरित विखण्डनकारीले तराईका केही जिल्लाहरूमा विखण्डनको माग उठाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

संसदको बैठकमा विशेष समय लिएर बोल्दै सांसद लिङ्देनले सुरक्षा निकायकै अगाडि विखण्डनकारीहरूले देश विखण्डन गर्ने कुरा गरेको भन्दै केपी ओली नेतृत्वको सरकारको आलोचना गरे ।

‘संविधान दिवस मनाइ रहँदा तराईका केही जिल्लाहरूमा विखण्डनकारीहरूले सुरक्षाकर्मीहरूकै अगाडि विखण्डनको नारा लगाए’, उनले भने, ‘यस्ता विखण्डनकारीहरूलाई किन पक्राउ गरिएन ? के छ रहस्य ?’

संविधान जारी भइसकेको अवस्थामा त्यसलाई सबैले मान्नुपर्ने उनको भनाइ छ । ‘संविधानमा हाम्रो पनि असहमित छ । संविधान संशोधन गरेर मागहरू राख्न सकिन्छ । संविधान धार्मिक ग्रन्थ होइन । संशोधन हुन्छ’, सांसद लिङ्देनले भने, ‘तर, देश विखण्डनका नारा लगाउनेलाई त्यसै छाडिनु हुँदैन ।’

उनले विखण्डनको पक्षमा कार्यक्रम गर्नेलाई वर्तमान सरकारले संरक्षण गरेको भनेर आरोप पनि लगाए । सांसद लिङ्देनले राष्ट्रलाई संरक्षण गर्ने दायित्व सुरक्षाकर्मीको रहेको भन्दै कम्युनिस्ट सरकारले विखण्डनकारीहरूलाई पश्रय दिइरहेको अभियोग लगाए ।

धनुषासहितका केही जिल्लाहरूमा बुधबार सीके राउत समूहले तराई विखण्डनको माग गर्दै प्रदर्शन गरेका थिए । त्यसको सबैले विरोध गरेका छन् ।

Published : Thursday, 2018 September 20, 12:54 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया