मलेसियामा रक्सी सेवनबाट मृत्यु भएका नेपालीको पहिचान

काठमाडौं । मलेसियामा विषाक्त रक्सी सेवनका कारण ६ जना नेपालीले ज्यान गुमाएको पुष्टि भएको छ । यसअघि सातजना नेपालीको मृत्यु भएको जनाइएको थियो ।

मलेसियास्थित नेपाली दूतावासले अस्पताल भ्रमण गरेर नेपालीको पहिचान गरेको हो । १६ जना घाइते भएका छन् ।

ज्यान गुमाउनेमा धादिङको बसेरी ३ का मिमबहादुर आले, रुपन्देही ६ मसिना का रामकुमार यादव, डडेलधुरा अमरगढी ५ का विशाल बुुढाथोकी, सुनसरीको पश्चिमकुसाहा ९ का संजय उराव, सिद्धिथुुम्का ९ इलामका बलबहादुर कुुलुुङ्ग र ठेगाना पहिचान हुन बाँकी आइतसिंह गोले रहेको दूतावासले जनाएको छ ।

सांघाई र कज्याङ अस्पतालमा १६ जना बिरामी अस्पताल भर्ना भएकोमो केहिकोमा केही डिस्चार्ज भएको र बाँकीको उपचार भैरहेको छ । मलेसियामा विषाक्त रक्सी खाँदा ज्यान गुुमाउनेको संख्या १९ पुुगेको छ । थप १४ जनाको अवस्था गम्भीर छ । सोमबार विभिन्न तीन वटा ब्राण्डका रेक्सी खाँदा उनीहरू बिरामी परेको द स्टार अनलाइनले जनाएको छ ।

मन्डलिया र ग्रेन्ड रोयल ह्विस्की तथा किंगफिसर बियर खाँदा उनीहरुको ज्यान गएको मलेसिया प्रहरीले जनाएको छ । ती रक्सी उनीहरुले विभिन्न पसलबाट खरिद गरेको पाइएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले ती क्षेत्रबाट रक्सी परीक्षणका लागि सुुंगाई बुहोहा नेशनल प्रयोगशालामा पठाएको स्वास्थ्य निर्देशक डा नन्द हिमाम अब्दुलले बताए ।

५१ जना बिरामी परेकोमा सेलंगरमा ४५ र ६ जनाको क्वालालम्पुरमा परीक्षण भैरहेको छ । ३ जना स्थानीय र बाँकी आप्रवासी कामदार हुन् । ४८ जना आप्रवासी मध्य नेपाली, बंगलादेशी, भारतीय र म्यानमारका नागरिक रहेका छन् ।

Published : Wednesday, 2018 September 19, 12:11 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया