पत्रकारको प्रश्नले अध्यक्षको पसिना झर्‍यो, कस्तो थियो पसिना आउने प्रश्न ?

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले आफू संविधान अनुसार चलिरहेको दाबी गर्दै बैठक सञ्चालन नियमावलीलाई धेरै महत्व नदिने बताएका छन् ।

संसद सचिवालय सिंहदरबारमा मंगलबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा तिमिल्सिनाले आउँदा दिनमा पनि संविधान अनुसार नै चल्ने बताए । उनले राष्ट्रिय सभाको नियमावलीलाई आफूले खासै ध्यान नदिने उल्लेख गरे ।

केहीदिन पहिले राष्ट्रियसभाको बैठक चलिरहेका बेला निजी विद्यालयको कार्यक्रम उद्घाटन गर्न गएको सन्दर्भमा सोधिएको प्रश्नको जवाफमा अध्यक्ष तिमिल्सिनाले भने, ‘म संविधान अनुसार नै चलेको छु, संविधानले राष्ट्रियसभाका अध्यक्ष वा उपाध्यक्ष र प्रतिनिधिसभाका सभामुख वा उपसभामुखले बैठक संचालन गर्न सक्ने व्यवस्था गरेको छ । नियमावलीले के भन्छ मलार्इृ थाहा छैन । तपाई सञ्चारकर्मी मित्रहरूले समाचार लेख्दा संविधान हेरेर लेखनु होला निमायवली होइन ।’

उनले यति भनेपछि सञ्चारकर्मीहरूले थप प्रश्न गर्दै संसद नियमावली अनुसार बैठकको सुरुवात र अन्त्य अध्यक्ष/सभामुखले नै गर्नुपर्ने व्यवस्था रहेको बताएपछि अध्यक्ष तिमिल्सिनाले झर्किदै भने, ‘नियमावलीको कुराभन्दा पनि म संविधान अनुसार चल्ने हो । नियमावलीअनुसार होइन ।’

सञ्चारकर्मीहरूले सार्वजनिक खरिद ऐन विपरित दुई करोड खर्च गरेर राष्ट्रियसभाका अध्यक्ष र सचिवले कार्यकक्ष बनाएको विषयमा पनि प्रश्न गरेका थिए । यसमा अध्यक्ष तिमिल्सिनाले खर्चको जवाफ संसद सचिवालयका महासचिवले दिनुपर्ने भन्दै पन्छिए । यसमा आफ्नो कुनै जवाफदेहिता नरहेको भन्दै उनले कार्यकक्ष निर्माणको काम संसद सचिवालयले गर्ने प्रष्ट पारे ।

उनले संसद सचिवालयको प्रवक्ता सकेसम्म आजै नभए भोलीसम्म तोकिने पनि जानकारी दिए । संसद सचिवालयले सूचना लुकाउने गरेको विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले भने, ‘हामीले कुनै पनि सूचना लुकाएका छैनौँ, प्रक्रिया नपुगेकाले त्यसो हुन गयो होला ।’

पत्रकारहरूले कडा प्रश्न सोधेरपछि अध्यक्ष तिमिल्सिना तनावमा परेका थिए । उनले बेलाबेला पसिना पुछेर जवाफ दिएका थिए ।

कार्यक्रममा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महाराले संसदबाट १६ वटा विधेयक पारित भएको जानकारी गराए । सरकारले ३२ वटा विधेयक पठाएकोमा १६ वटा पास भएको, ६ वटामा लालमोहर लागेको र अरु बाँकी नै रहेको महराले बताए । बाँकी विधेयकमध्ये नागरिकता सम्बन्धी विधेयक पनि रहेको छ ।

Published : Tuesday, 2018 September 18, 4:36 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया