निर्मलाका हत्यारालाई दुर्गाको टिमले समात्ने, को हुन् दुर्गा ?

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धानका लागि प्रहरी उपरीक्षकको नेतृत्वमा महिला प्रहरीको टोली पनि खटाइएको छ ।

प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंहको नेतृत्वमा महिला प्रहरीको टोली खटाएको हो ।

महिला तथा बालिकासँग सम्बन्धित केश भएकाले अनुसन्धानलाई प्रभावकारी बनाउन सहज होस् भनेर महिला प्रहरीको छुट्टै टोली पठाइएको स्रोतले जनाएको छ ।

निर्मला पन्तको बलात्कार र हत्याको घटनाको गम्भीरतापूर्वक अनुसन्धान गर्न महिलाको टिम पनि पठाइएको हो ।

Published : Tuesday, 2018 September 18, 12:07 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया