दशैँको मुखमा कम्युनिस्ट सरकारले दियो मूल्य वृद्धिको वम्पर उपहार

काठमाडौं । नेपालीहरूको ठूलो चाढ दसैँ आउन एक महिनाभन्दा कम सय बाँकी रहेका बेला कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीको सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

कम्युनिस्ट सरकारको निर्देशनमा नेपाल आयल निमगले सोमबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । पेट्रोलको भाउ प्रतिलिटर २ रुपैयाँ र डिजले÷मट्टीतेलको भाउ प्रतिलिटर ३ रुपैयाँका दरले बढेको छ ।

अब पेट्रोलको बजारभाउ प्रतिलिटर १ सय १४ रुपैयाँ र डिजेल तथा मट्टीतेलको भाउ प्रतिलिटर १ सय १ रुपैयाँ पुगेको छ ।

हवाईइन्धन र एलपी ग्यासको मूल्य भने नबढेको निगमका प्रवक्ता ई.वीरेन्द्र गोइतले बताए । दुई साताअघि पनि निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको थियो  ।

निगमले २० भदौदेखि लागू हुने गरी पेट्रोलको भाउ प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ३ रुपैयाँका दरले बढाएको थियो ।

निगमले स्वचालित मूल्य प्रणालीअनुसार दुई सातामै पेट्रोलियम पदार्थको मूल्य बढाएपछि सर्वसाधारण मारमा परेका छन् ।

इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट १६ सेप्टेम्बरदेखि लागू हुने गरी पठाएको नयाँ मूल्यसूचीअनुसार नेपालमा पनि मूल्य हेरफेर गरेको गोइतले बताए ।

दुई साताभित्रै दुईपटक पेट्रोलियम पदार्थको भाउ बढाए पनि आयल निगमलाई अझै घाटा रहेको गोइतले बताए । नयाँ मूल्यसूचीअनुसार निगमलाई १५ दिनमै ३१ करोड ३७ लाख रुपैयाँ घाटा हुने देखिएको उनले जानकारी दिए ।

भाउ बढाए पनि अझै निगमलाई पेट्रोलमा २.९२ रुपैयाँ प्रतिलिटर र डिजेलमा २.७२ रुपैयाँ प्रतिलिटर, ग्यासमा ३ सय ९ रुपैयाँ ७९ पैसा प्रतिसिलिन्डर घाटा हुनेछ ।

Published : Tuesday, 2018 September 18, 7:30 am

1 प्रतिकृया प्राप्त “दशैँको मुखमा कम्युनिस्ट सरकारले दियो मूल्य वृद्धिको वम्पर उपहार”

  • के.पि.को दिमाग फुस्की सके छ । प्रती हप्तामा रेत बधे पछि कसरि
    चलाउनु सवारी साधन

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया