‘निर्मला पन्त हत्याका दोषी प्रधानमन्त्री र गृहमन्त्री’

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का नेता एवम् सांसद लक्ष्मणलाल कर्णले निर्मला पन्तको हत्या घटनामा प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापा नै दोषी रहेको आरोप लगाएका छन् ।

काठमाडौंमा आइतबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा नेता कर्णले प्रारम्भिक अनुसन्धानमा प्रहरीले हेलचेक्रयाइँ गरेको बताए । अनुसन्धानमा हेलचेक्र्याइ गरेको थाहा हुँदाहुँदै कारबाही नगर्नु प्रधानमन्त्री र गृहमन्त्री दोषी भएको उनको भनाइ थियो ।

‘दोषी पत्ता लगाउन नसक्नु सत्ता सञ्चालकहरूको विफलता हो । अनुसन्धान गर्ने निकाय नै दोषी छ’, उनले भने, ‘त्यो निकायले अनुसन्धान किन राम्रोसँग गरेन ?’

सांसद कर्णले गृहमन्त्री थापाले निर्मलाको बलात्कार र हत्या प्रकरणमा संसदमा दिएको जवाफ आश्चर्यजनक भएको बताए । ‘गृहमन्त्रीले संसदमा दिएको जवाफ चित्तबुझ्दो छैन’, उनले भने, ‘उहाँले अहिलेसम्म अनुसन्धान अधिकृतलाई लिखित उजुरी परेको छैन भनेर जवाफ दिनुभयो ।’

उनले भने, ‘अनुसन्धान अधिकृतलाई धम्की दिँदा गृहमन्त्री थापालाई धम्की दिनेको बारेमा थाहा हुँदैन भने के को गृह प्रशासन ? के को गृह मन्त्री ? के को सरकार ?’ नेता कर्णले दोषीलाई कारबाही गर भनेर काठमाडौं आउनुपर्ने बाध्यता लज्जास्पद रहेको बताए ।

Published : Sunday, 2018 September 16, 6:28 pm

1 प्रतिकृया प्राप्त “‘निर्मला पन्त हत्याका दोषी प्रधानमन्त्री र गृहमन्त्री’”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया