बाबुराम र हिसिलाविरुद्ध अमेरिकामा प्रदर्शन
काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीविरुद्ध अमेरिकामा विरोध प्रदर्शन भएको छ ।
अमेरिकामा रहेका केही नेपाली युवाले भट्टराई र यमीका विरुद्ध प्रदर्शन गरेका हुन् । कार्यक्रममा सहभागी हुन जाने क्रममा भट्टराईलाई कालो झण्डा सहित केही युवाले विरोध प्रदर्शन गरेका हुन् ।
डिसी मेट्रो एरियाबाट टेक्सस जाने क्रममा भट्टराई र यमीलाई कालो झण्डा देखाउँदै नेपाली युवाले नाराबाजी समेत गरेका छन् ।
माओवादीको सशस्त्र युद्धमा हजारौं नागरिकको मृत्यु भएको भन्दै भट्टराई र यमीविरुद्ध प्रदर्शन गरेको बताइएको छ ।
तत्कालीन माओवादीका नेताहरूले नेपालीमाथि ठूलो अपराध गरेको प्रदर्शनकारीको आरोप छ । गो ब्याकभन्दै उनीहरूले प्रदर्शन गरेका थिए ।
Published : Sunday, 2018 September 16, 11:50 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

यसमा तपाइको मत