गुण्डा नाइके पुष्पराजको ग्याङमा दाङका यी दुई युवा, भत्कियो अपराधको सत्ता

काठमाडौं । पूर्वमाओवादी केन्द्र निकटका कुख्यात गुण्डा नाइके पुष्पराज श्रेष्ठविरुद्ध महानगरीय प्रहरी अपराध महाशाखा टेकु काठमाडौंले थुनामा राखेर अनुसन्धान शुरु गरेको छ ।

श्रेष्ठविरुद्ध ज्यानमार्ने धम्की उद्योग, अपहरण र शरीर बन्धकको अभियोग लागेको छ । श्रेष्ठलाई थुनामा राखेर अनुसन्धान गरिएको एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए । श्रेष्ठविरुद्ध उजुरी परेपछि समूहका सबैलाई पक्राउ गरेर अनुसन्धान गरिएको सिंहले बताएका छन् ।

ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका ४ स्थायी घर भएका रामबहादुर कटुवालले श्रेष्ठको घर बनाएको पैसा माग्दा ज्यानमार्ने धक्की दिएका थिए । त्यसपछि कटुवालले श्रेष्ठविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।

काठमाडौंको धुम्बाराहीमा बस्दै आएका कटुवालले गुण्डा नाइके श्रेष्ठविरुद्ध उजुरी दिएपछि महानगरीय प्रहरी अपराध महाशाखा टेकुले भदौ २६ गते पक्राउ गरेको हो । प्रहरीले म्याद थप गरेर श्रेष्ठविरुद्ध अनुसन्धान शुरु गरेको एसएसपी सिंहले बताएका छन् ।

श्रेष्ठविरुद्ध कमलामाई नगरपालिका वडा नम्बर ६ घर भई मैतीदेवी बस्दै आएका ठेकेदार रमेशकुमार कुँवरले पनि आफूलाई अपहरण गरेको अभियोगमा मुद्धा दिएका छन् । काठमाडौंमा ठेक्कापट्टाको काम गर्दै आएका कुँवरलाई गुण्डा नाइके श्रेष्ठले २०७३ साल पुस ९ गते अपहरण गरेका थिए ।

श्रेष्ठले कुँवरलाई फोन गरेर चक्रपथको इन्द्रेणी फास्टफुण्ड अगाडि बोलाएर अपहरण गरेका थिए । चक्रपथबाट अपहरण गरेर श्रेष्ठले कुँवरलाई गणेशवस्तीस्थित शुक्रराज तामाङको डेरामा लगेका थिए ।

अपहरण गर्ने बेला श्रेष्ठले कुँवरलाई हत्कडी लगाएरर बन्धक बनाएको एसएसपी सिंहले बताए । कुँवरलाई पेस्तोल देखाएर श्रेष्ठले उनको साथमा रहेको नगद ५० हजार, सुनको औठी, हीरा जडित औठी, मोबाइल, प्राइम बैंकको चेक थान एक र कुलबहादुर थापाको नाममा ११ लाखको चेक काट्न लगाएर लुटेको प्रहरीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

श्रेष्ठको समूहबाट कुँवर गौशालाबाट भाग्न सफल भएका थिए । कुँवरले श्रेष्ठ र उनका साथीहरूविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।

ठेकेदार कुँवरको उजुरीका आधारमा प्रहरीले भोजपुर जिल्ला छिनामखु २ का नवीनकुमार राई, दाङ सैंघा ६ का कोमानन्द खड्का र दाङ बंगलाचुली ३ का सेरु केसी भन्ने आषिश परियार, रामेछाप गौश्वरा ४ का कुवीन थापा भन्ने कोलबहादुर थापा मगर र नुवाकोट गेर्खु ३ का शुक्रराज तामाङलाई पक्राउ गरेर अपहरण तथा शरीर बन्धक मुद्धामा अनुसन्धान गरिरहेको एसएसपी सिंहले बताएका छन् ।

सिन्धुली जिल्ला कमलमाई नगरपालिका वडा नम्बर ५ मरिन स्थायी घर भएका ३६ वर्षीय कुख्यात गुण्डा नाइके श्रेष्ठले सिन्धुलीमा आधा दर्जनभन्दा धेरै अपराधका सूची प्रहरी समक्ष रहेको छ ।

नारायणकुमार श्रेष्ठका छोरा श्रेष्ठ तत्कालीन माओवादी केन्द्रको सहायक संगठन वाइसियलका केन्द्रीय सदस्य समेत हुन् । श्रेष्ठ काठमाडौंको रातो पुलमा बसेर अपराधका घटना गर्दै आएको प्रहरीले उल्लेख गरेको छ ।

प्रहरीले गुण्डा नाइके पुष्पराजले फेरि अपराधको घटना गर्न नसक्ने गरेर मुद्दा लगाउने तयारी गरेको छ । पुष्पराजले राजनीतिक संरक्षणमा अपराधका घटना गर्दै आएका थिए ।

Published : Saturday, 2018 September 15, 12:25 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया