पत्नीलाई लिएर प्रचण्ड चीन उड्ने, सबै कार्यक्रम गोप्य
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुई दिन अगाडि नै चीन भ्रमणमा जान लागेका छन् ।
यसअघि असोज १ गते चीन जाने प्रचण्डले बताएका थिए । बेइजिङ जाने तयारीमा रहेका प्रचण्डको कार्यक्रम २ दिन वर सरेपछि शनिबार नै बेइजिङ प्रस्थान गर्दैछन् ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको १५ सदस्यीय टोली शुक्रबार चीन प्रस्थान गरेको छ
भदौ २२ गते भारत भ्रमणमा जाने योजनामा रहेका प्रचण्ड त्योभन्दा अघिल्लो दिन भदौ २१ गते नयाँदिल्ली प्रस्थान गरेका थिए । प्रचण्डको भारत भ्रमणको कार्यतालिका पनि छोट्टिएको थियो ।
असोज १ गते चीन जाने योजनामा रहेका प्रचण्ड भदौ ३० गते नै त्यसतर्फ प्रस्थान गरी असोज ३ गते संविधान दिवसका दिन नेपाल फर्कनेछन् ।
प्रचण्डको बेइजिङ भ्रमणको कार्यतालिका सार्वजनिक गरिएको छैन । उपराष्ट्रपति वाङ क्वीसानसँग प्रचण्डले भेटवार्ता गर्ने पक्का छ ।
चिनियाँ राष्ट्रपति सी जिङपिङ रसिया भ्रमणमा रहेकाले प्रचण्ड चीनमा रहने भएकाले राष्ट्रपति सीसँग भेट हुने नहुने टुंगो लागेको छैन ।
प्रचण्ड चीनमै रहेका बेला राष्ट्रपति सी रसिया भ्रमणबाट फर्कने भएकाले त्यसपछि भेटवार्ताको टुंगो लाग्न सक्ने स्रोतले जनाएको छ ।
प्रचण्ड परिवारसहित चीनको नानजिङ र एनान पुग्नेछन् । प्रचण्डको साथमा सीता दाहाल, स्वकीय सचिव जोखबहादुर महरा, छोरी गंगा दाहाल र नातिनी इशानवी भ्रमणमा सहभागी हुनेछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत