निर्मला हत्या प्रकरणमा ओली-प्रचण्डले माफी माग्नुपर्छः कांग्रेस
काठमाडौं । कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएका छन् ।
कांग्रेस नेता लेखकले शुक्रबार सामाजिक सञ्जालमा स्ट्याटस लेखेर ओली र प्रचण्डले निर्मला हत्या प्रकरणमा दिएको अभिव्यक्तिमा माफी माग्नुपर्ने बताएका हुन् ।
‘निर्मला पन्त बहिनीको बलात्कार र हत्या प्रसङ्गमा झूठ्ठा बोल्ने सम्माननीय प्रधानमन्त्री केपी ओली र महिला हिंसा सरकार र पार्टीलाई असफल गर्ने षड्यन्त्र हो कि भन्ने पूर्व प्रधानमन्त्री माननीय प्रचण्डले सार्वजनिक रूपमा माफी माग्नु पर्छ’, लेखकले भनेका छन् ।
प्रधानमन्त्री ओलीले गत साता हेलो प्रधानमन्त्री कार्यक्रममा पीडित परिवार र कञ्चनपुरका स्थानीयले आशंका गरेका बम दिदीबहिनीप्रति सहानुभूति देखाउँदै नेपाली समाजलाई अधोगतीमा लाने प्रयासस्वरुप घटनालाई उछालिएको बताएका थिए ।
कांग्रेसले घटनाबारे हाल भइरहेको अनुसन्धान र सत्यतथ्य जानकारी गराउन संसदमा समेत उठाइसकेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत