‘नेकपा’को प्रदेश कमिटी गठन हुने, नयाँ मापदण्ड प्रस्ताव

काठमाडौं । लामो समयपछि बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश र जिल्ला कमिटी गठनको नयाँ मापदण्डमा छलफल गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकमा सचिवालय बैठकमा वरिष्ठता र योग्यतालाई आधारसहितको नयाँ मापदण्ड पेस गरिएको थियो । महासचिव विष्णु पौडेलले सो मापदण्ड पेश गरेको स्रोतले जनाएको छ ।

बिहीबार तीन बजे पुन बस्ने बैठकले मापदण्डलाई अन्तिम रुप दिनेछ । सम्भवत बिहीबार नै प्रदेश कमिटी गठन हुने स्रोतको भनाइ छ ।

प्रदेश अध्यक्ष र सचिव तथा इञ्चार्ज र सह–इञ्चार्ज तोक्नुअघि तत्कालीन एमाले र माओवादी केन्द्रले कुनकुन प्रदेशमा कुन पद लिने भन्ने टुंगो लगाइनेछ ।

महासचिव पौडेलले बैठकमा पेश गरेको मापदण्ड अध्ययनका लागि सचिवालय सदस्यहरूलाई दिइएको छ ।

Published : Wednesday, 2018 September 12, 8:47 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया