नेविसंघमा उमेर हद हट्यो, कात्तिक दोस्रो साता अधिवेशन
काठमाडौं, २६ भदौ । कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ३२ वर्षे उमेरको हदबन्दी हटाउने निर्णय गरेको छ ।
ललितपुरस्थित कांग्रेसको पार्टी मुख्यालयमा भदौ २३, २४ र २५ गते तीन दिन चलेको नेविसंघको केन्द्रीय कार्यसमिति बैठकले उमेर हदबन्दी हटाउने निर्णय गरेको हो । नेविसंघको यो निर्णयप्रति सभापति शेरबहादुर देउवा मौन छन् ।
कांग्रेसका सहमहामन्त्री डा.प्रकाशरण महतसहित केही नेता उमेर हद लगाउने पक्षमा छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका धेरै नेता हटाउनुपर्ने पक्षमा देखिएका थिए ।
नेविसंघले असन्तुष्ट पक्ष सबैलाई एक ठाउँमा ल्याएर महाधिवेशन गर्नका लागि ३२ वर्षे उमेर हद हटाएको जनाइएको छ ।
नेविसंघमा ३२ वर्ष उमेर पुगेका पदाधिकारी हटाउने पक्षमा छन् । ३२ वर्ष नपुगेका पदाधिकारी नहटाउने पक्षमा छन् ।
नेविसंघको १२औं महाधिवेशन यही कात्तिक १६, १७ र १८ गते सम्पन्न गर्ने निर्णय पनि भएको छ ।
अध्यक्षसहित उपाध्यक्ष र महामन्त्रीहरूको ६ सदस्यीय समितिले केन्द्रीय समितिमा उठेका विषयहरू समेटेर सबैसँग आवस्यक समन्वय गरी भदौ २७ गतेभित्र नेविसंघको संशोधित विधान, नियमावली २०७५ नेपाली कांग्रेसलाई बुझाउने निर्णय भएको छ ।
विधान, नियमावली पार्टीबाट अनुमोदन भए लगत्तै क्याम्पस, जिल्लाहरूमा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय पनि नेविसंघले गरेको छ ।
नेविसंघले असोज ७ गते देशभरिका मावि र क्याम्पस अधिवेशन गर्ने, असोज १२ गाउँपालिका, उप–महारनगरपालिका अधिवेशन, असोज १५ मा प्रदेश क्षेत्र अधिवेशन, असोज २१ मा ७७ वटै जिल्लामा जिल्ला अधिवेशन, असोज २३ मा उपत्यकाभित्रका क्याम्पसमा अधिवेशन, कात्तिक १० र ११ मा ७ वटै प्रदेशको अधिवेशन तथा कात्तिक १६ गते महाधिवेशन उद्घाटन गर्ने निर्णय नेविसंघले गरेको छ । नेविसंघको महाधिवेशन कात्तिकको १६ देखि १८ सम्म हुने भनिए पनि स्थानी तोकिएको छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत