कांग्रेसलाई एक नम्बर नबनाइ विश्राम लिन्नः शेरबहादुर देउवा
गुलरिया । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान कम्युनिस्ट सरकारले कर बढाएर जनताको जनजीवन कठिन बनाएको बताएका छन् ।
बीपी जयन्तीको अवसरमा बर्दिया कांग्रेसले गरेको कार्यक्रममा देउवाले करको भारले नेपाली जनता समस्यामा परेको बताए ।
‘देशैभर जताततै कर बढाएकाले प्रधानमन्त्री केपी ओलीको नाम करप्रसाद ओली राख्नुपर्छ’, उनले भने, ‘देशमा करसँगै दिनहुँ महँगी बढेको छ । करको भारले जनता आजित भइसकेका छन् ।’
ओली नेतृत्वको कम्युनिस्ट सरकार देशलाई एकदलीय शासन पद्धतिमा लैजाने सोँचमा रहेको सभापति देउवाको आरोप थियो । देउवाले देशका धेरै क्षेत्रमा आफ्नो पकड बनाउँदै लगेको भन्दै कम्युनिस्ट सरकारले अब प्रहरी प्रशानलाई पनि कब्जामा लिने दाउ बनाइरहेको दाबी गरे ।
सभापति देउवाले भने, ‘विदेश नीतिको नाममा खोक्रो राष्ट्रवादको नारा दिएर कम्युनिष्ट सरकार लम्पसारवादतर्फ उन्मुख भएको छ ।’ नेपाली कांग्रेस पहिलो नम्बरको पार्टी नबनाएसम्म आफूले विश्राम नलिने पनि सभापति देउवाले घोषणा गरेका छन् ।
विजयकुमार गच्छदार, महामन्त्री डा.शशांक कोइराला, कृष्ण सिटौला, डा.रामशरण महतले कांग्रेसको पक्षमा अहिले पनि जनताको भरोसा कायम रहेको बताए ।
महामन्त्री डा.कोइरालाले कम्युनिष्टहरूको आपसमै द्वन्द्व देखिएकाले फेरि टुक्रिन सक्ने सम्भावना रहेको बताए । ‘कांग्रेस एकजुट भइ सक्षम हुनसके एक नम्बर पार्टी बन्छ’, उनले भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत