यस्तो छ तरुण दल अध्यक्ष पुनको हत्याको कारण
काठमाडौं । निर्वाचनका बेला नेपाली कांग्रेस र पूर्वमाओवादी केन्द्रबीच भएको टसललाई लिएर रोल्पा जिल्लामा ‘नेकपा’का कार्यकर्ताहरूले सत्ताको दुरुपयोग गर्दै नेपाल तरुण दलका नगर समिति अध्यक्ष रोहित पुनको गोली हानेर हत्या भएको खुलासा भएको छ ।
नेपाली कांग्रेस रोल्पा जिल्लाका सभापति अमरसिंह पुनले निर्वाचनका बेला माओवादीका र कांग्रेसका कार्यकर्ताबीच भएको पुरानो झगडालाई लिएर नेकपाका कार्यकर्ताले सत्ताको दुरुपयोग गरेर आइतबार गोली प्रहार गरी तरुण दल अध्यक्ष रोहित पुनको हत्या गरेको जानकारी दिए ।
‘निर्वाचनका बेला माओवादी र कांग्रेसका कार्यकर्ताबीच झडप भएको थियो । त्यस बेला कांग्रेसका कार्यकर्ताले माओवादीका कार्यकर्ताको ज्यादति विरुद्ध प्रहरीमा मुद्धा दिएका थिए’, सभापति पुनले भने, ‘त्यस बेलाको बदला माओवादीका कार्यकर्ताहरूले गोली हानेर हत्या गरी लिएका छन् ।’
तरुण दलका नगर अध्यक्ष रोहित पुनलाई गोली हान्नेहरूमा पूर्वमाओवादीका कार्यकर्ता देवबहादुर घर्ती मगरको समूह रहेको कांग्रेस सभापति अमरसिंह पुनले जानकारी दिए ।
‘प्रहरी कार्यालय नजिकै गोली प्रहार हुँदा पनि प्रहरीले बेवास्ता गरेको छ’, उनले भने, ‘प्रहरीले चाहेको भए उतिखेरै गोली हान्ने समूहलाई पक्राउ गर्न सक्थ्यो । तर, गरेन ।’
यद्यपि, प्रहरीले रोहित पुनको गोली हानी हत्याको घटनामा दुईजनालाई पक्राउ गरेको स्रोतले जनाएको छ ।
1 प्रतिकृया प्राप्त “यस्तो छ तरुण दल अध्यक्ष पुनको हत्याको कारण”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

याे सरकारले किन यति धेरै नलायक काम गर्दै छ जनता पुण गण्तब्ये तिर लाग्ने छ ।