कम्युनिस्ट सरकारविरुद्ध कठोर बन्दै राजपा नेपाल
काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले सरकारसँग गरिएका सहमति कार्यान्वयनमा दवाव दिने पुनः तयारी गरेको छ ।
सरकारलाई समर्थन गर्ने बेला प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग गरिएको सहमति कार्यान्वयनका लागि राजपा नेपालले दवाव दिँदै आएको छ ।
राजपा नेपालको अध्यक्षमण्डलको आइतबार पार्टी मुख्यालय बबरमहलमा बसेको अनौचारिक बैठकमा प्रधानमन्त्री ओलीले धोका दिएको विषयमा छलफल भएको हो ।
अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा अनौपचारिक कुराकानी भएको जानकारी दिए ।
राजपाका महासचिव केशव झाले पार्टीको संगठनात्मक, महाधिवेशन, सरकारसँग भएको सहमति कार्यान्वयन, संविधान संशोधन, असोज ३ गतेको कालो दिन लगायतका विषयमा छलफल अनौपचारिक छलफल भएको बताए ।
राजपा अध्यक्षमण्डलका सदस्य महेन्द्र राय यादव नआएका कारण आइतबार अध्यक्षमण्डलको बैठक बस्न सकेन । अर्को बैठक सोमबार बस्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत