मेयर पराजुलीको कामले कांग्रेसको यसरी इज्जत बढ्यो
विराटनगर । मोरङ जिल्लाको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले सेवाग्राहीसँग घुस लिने खरिदार तिलकमणि पोखरेललाई रङ्गेहात पक्राउ गरेका छन् ।
सेवाग्राहीबाट घुस लिएको सूचना पाएपछि मेयर पराजुलीले घर जग्गा सम्पत्ति कर शाखाका खरिदार पोखरेललाई पक्राउ गरेर कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएका हुन् ।
नेपाली कांग्रेसबाट मेयरमा जितेका पराजुलीले विराटनगर महानगरपालिकाभित्र सुशान कायम गर्ने बताउँदै आएका थिए ।
खरिदार पोखरेलले सेवाग्राही मीना शाक्यबाट साढे ११ हजार रुपैयाँ घुस लिएका थिए । स्कुल सञ्चालिका विराटनगर–७ मा शाक्यले जग्गा भाडा लिएर नयाँ भवन बनाएकी थिइन् । सोही भवनको कागजात बनाउन खरिदार पोखरेलले घुस मागेका थिए ।
Published : Sunday, 2018 September 9, 5:57 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

यसमा तपाइको मत