नयाँ प्रधानसेनापति आउनेवित्तिकै भारतलाई झट्का
काठमाडौं । बिम्स्टेकको नाममा भारतको पुणेमा हुने भनिएको संयुक्त सैन्या अभ्यास नेपाली सेनाले सहभागी नहुने भएको छ ।
पुणेमा सोमबारदेखि बिम्स्टेक राष्ट्रको संयुक्त सैन्य अभ्यास हुँदैछ । यो सैन्य अभ्यासमा नेपाली सेना सहभागी नहुनेछैन । नेपाली सेनाले पाँच जना अधिकृतसहित ३० जनाको टोली भारत पठाउने तयारी गरेको थियो ।
सैनिक जनसम्पर्क निर्देशनालयका सहायक रथी एवम् प्रवक्ता गोकुल भण्डारीले नेपाली सेनाको टोली भारतको पुणे नगएको जानकारी दिए । सेनाले संयुक्त सैन्य अभ्यासमा जान रक्षा मन्त्रालयबाट स्वीकृति माग गरेपनि प्रधानमन्त्री केपी ओलीको निर्देशनमा स्वीकृति नदिइएको हो ।
रक्षा मन्त्रालयले सेनालाई संयुक्त सैन्य अभ्यासमा पुणे नजान भनेर औपचारिक पत्र दिएको छैन । सोमबारदेखि संयुक्त सैन्य अभ्यास शुरु हुनै लाग्दा सेनाको टोली अहिलेसम्म गएको छैन ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिम्स्टेक राष्ट्रका सैनिकको संयुक्त अभ्यास हुन लागेको जानकारी दिएका थिए । सैन्य अभ्यासका बारेमा संसदमा प्रश्न उठेपछि प्रधानमन्त्री ओलीले सैन्य अभ्यास नभई तालिम भएको दाबी गरेका थिए ।
बरु नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच यही असोज १ गतेदेखि सैन्य अभ्यास हुनेछ । ‘सगरमाथा फ्रेन्डसिप’को दोस्रो संस्करणको अभ्यासमा दक्षिण पश्चिमी चीनको सिचुवान प्रान्तको राजधानी छेङ्दुमा हुन लागेको छ । सैन्य अभ्यास १२ दिनसम्म चल्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत