मोदीलाई भेट्न प्रचण्ड दिल्ली प्रस्थान, ओली चिन्तित
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ दिल्ली प्रस्थान गरेका छन् ।
दाहालले दिल्लीमा मोदीका साथै भारतीय राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री खड्गप्रसाद ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्रीको मोदीको लगातारको नेपाल भ्रमणका भएका सहमति कार्यान्वयनमा आफूले पहल गर्ने अध्यक्ष दाहालले बताएका छन् ।
बिहीबार दिल्ली प्रस्थान गर्नु अगाडि त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै दाहालले मोदीसँग कुनै राजनीति एजेण्डामा कुरा नगर्ने बताए ।
‘विकासको एजेण्डा र पहिले भएका सहमति र समझदारी, भारत सरकारले गरेका थुप्रैप्रतिवद्धताहरू छन्’, उनले भने, ‘त्यसको स्मरण गराउने विचार छ ।’
सिङ्गापुरमा पत्नी सीता दाहालको उपचारका क्रममा दोस्रो तहका अध्यक्ष दाहालले भारतीय उच्च अधिकारीहरूसँग भेटवार्ता गरेर बिहीबारदेखिके भ्रमणको समय तय गरेको स्रोतको भनाइ छ ।
दाहालले भारतको भ्रमण गरेकोमा प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष खड्गप्रसाद ओलीले चिन्ता जनाएका छन् । ओलील आफू निकटका नेताहरूसँग दाहालको भारत भ्रमणप्रति विभिन्न आशंका जनाएको स्रोतले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत