कांग्रेसले जितेका ठाउँमा कर उठाउँदा जनताको अवस्था हेर्नु होलाः देउवा
काठमाडौं । प्रमुख पिवक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सत्ता कब्जा गर्न सक्रिय रहेको आरोप लगाएका छन् ।
राजधानीमा केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले नगर प्रमुख र उपप्रमुखहरूसँग गरेको अन्तर्सम्वाद कार्यक्रममा देउवाले कम्युनिष्ट सरकारले स्वतन्त्र न्यायपालिका, प्रेस, सुरक्षालाई नियन्त्रणमा राख्ने खोजेको आरोप लगाए ।
कांग्रेस सभपाति देउवाले कञ्चनपुरमा बलात्कारमा संलग्न गर्नेलाई राजनीतिक संरक्षण गर्न खोजिएको भन्दै कम्युनिस्ट सरकारप्रति रोष प्रकट गरे ।
स्थानीय तहले लिन थालेको करले जनतामा निराशा छाएको देउवाको भनाइ थियो । कांग्रेसले जितेका स्थानीय तहले ध्यान दिएर मात्रै कर उठाउन उनले निर्देशन दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

यसमा तपाइको मत