कांग्रेसले जितेका ठाउँमा कर उठाउँदा जनताको अवस्था हेर्नु होलाः देउवा

काठमाडौं । प्रमुख पिवक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सत्ता कब्जा गर्न सक्रिय रहेको आरोप लगाएका छन् ।

राजधानीमा केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले नगर प्रमुख र उपप्रमुखहरूसँग गरेको अन्तर्सम्वाद कार्यक्रममा देउवाले कम्युनिष्ट सरकारले स्वतन्त्र न्यायपालिका, प्रेस, सुरक्षालाई नियन्त्रणमा राख्ने खोजेको आरोप लगाए ।

कांग्रेस सभपाति देउवाले कञ्चनपुरमा बलात्कारमा संलग्न गर्नेलाई राजनीतिक संरक्षण गर्न खोजिएको भन्दै कम्युनिस्ट सरकारप्रति रोष प्रकट गरे ।

स्थानीय तहले लिन थालेको करले जनतामा निराशा छाएको देउवाको भनाइ थियो । कांग्रेसले जितेका स्थानीय तहले ध्यान दिएर मात्रै कर उठाउन उनले निर्देशन दिए ।

Published : Monday, 2018 August 27, 1:06 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया