मोदीले फेरि नेपालीहरूलाई धोका दिएः कांग्रेस नेता उपाध्याय
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले नेपाल भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आत्मस्वीकारोक्ति गरेको बताएका छन् ।
नेता उपाध्यायले नेपाल भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले धेरै राम्रा कुराहरू गरेर आत्मस्वीकारोक्ति गरेको बताए ।
भारतका कारण नेपाली जनताले पाएको कष्टका विषयमा दुःख प्रकट गरिदिएको भए सुनमा सुगन्ध हुने उपाध्यायले बताएका हुन् ।
उनले भने, ‘नेपाली जनताले पाएको दुःखका बारेमा केही नबोलेका कारण सामाजिक संजालमा आरोप लगाउने ठाउँ पाएका छन् । यसलाई पनि चिर्न सक्नुपर्थ्यो । मोदीजीले नेपाली जनतालाई फेरि धोका दिनुभएको छ ।’
सामाजिक संजाल हुने गरेका मोदीले थोरै मात्र बोलिदिएको भए पनि नेपालीहरू खुशी हुने उनको तर्क छ । आफू राजदूत भएर भारतमा बस्दा पनि यो सल्लाह दिएको उनको दाबी छ ।
दुई देशबीचको कुटनीतिक सम्बन्धलाई सफल वा असफल भयो भनेर टिप्पणी गर्न नहुने उनले बताएका छन् । ‘कुटनीतिमा कहिले को असफल भएका छ र ? जहिले पनि सफल हुन्छ’, उनले भने ।
भारतमा मोदी प्रधानमन्त्री हुनुभन्दा अघि १७ वर्षसम्म प्रशासनिक तहमै सम्बन्ध सिमिति भएकोमा मोदी प्रधानमन्त्री भएपछि प्रधानमन्त्री तहमा नै भ्रमण हुन थालेकाले यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताए ।
‘राजनीतिक तहको सम्बन्ध हुनुपर्छ भनेर मोदीले ब्रेक थ्रु गर्नुभयो । नेपालका समृद्धि र नेपालीको खुशीका लागि भारतको साथ रहन्छ भन्नुभएको छ । यसमै टेकेर हामी अगाडि बढ्नुपर्छ’, उपाध्यायले भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

यसमा तपाइको मत