घोराही अस्पतालमा भयानक राजनीति, मोज गर्दै डा.पन्थी–गौतम

घोराही । नेपाली कांग्रेसका तत्कालीन सभापति समेत रहेका प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले निर्णय गरेर स्थापना गरेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई धरासायी बनाउन एमाले र माओवादी स्थानीय नेताहरू सक्रिय भएका छन् । व्यक्तिगत स्वार्थका कारण प्रतिष्ठानलाई काम गर्न दिइरहेका छैनन् । काम गर्न नपाएपछि प्रतिष्ठानको काम शून्य बन्न पुगेको छ ।

राप्ती उपक्षेत्रीय अस्पताल घोराहीका मेडिकल सुपरिन्टेण्डेन्ट (मे.सु.) डा.जनार्दन पन्थी तथा मेडिकल ‘दलाल’ जीवन गौतमका कारण अस्पताल विकास समिति र प्रष्ठानबीच बिबाद उत्पन्न भएको हो । डा.पन्थी र माओवादी केन्द्रका नेता समेत रहेका गौतमले अस्पताललाई प्रतिष्ठानमा हस्तान्तरण नगर्न राजनीतिक दवाव दिइरहेका छन् । यी दुईको जोडीले कांग्रेस नेतृत्वको सरकारले गरेको निर्णयलाई असफल बनाउन सक्रिय भएका हुन् ।

शेरबहादर देउवा नेतृत्वको अघिल्लो सरकारले दाङस्थित पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिस्ठानको अंग बनाउने गरी नयाँ प्रतिष्ठान गठन गरेको थियो । यो अस्पताललाई प्रतिष्ठान बनाउन डा.गोविन्द पोखरे, योगेन्द्र चौधरी, राजु खनाल, अनिता देवकोटा, दीपक गिरीका साथै कृष्णबहादुर महरा र रेखा शर्माले भूमिका खेलेका थिए । सुशील कोइराला प्रधानमनत्री भएका कारण त्यसबेला विशेष गरेर नेपाली कांग्रेसका सांसद र नेताहरू नै सक्रिय थिए ।

देउवा सरकारको मन्त्रिपरिषद्ले पाटन एकेडेमी अफ हेल्थ साइन्सकी पूर्वउपकुलपति संगीता भण्डारीलाई नवगठित प्रतिष्ठानको उपकुलपतिका रुपमा नियुक्ति गरेको थियो । भण्डारीको नियुक्तिसँगै अस्पतालमा विगतदेखि एकलौटी रुपमा हालीमुहाली गर्दै आएका मे.सु.डा.जनार्दन पन्थीको निद्रा गायव भयो ।

अब प्रतिष्ठान मातहत अस्पताल जाने भएपछि त्यसलाई कसरी आफ्नै कब्जामा राख्ने भन्ने प्रयन्त डा. पन्थीले सुरु गरेका हुन् । सोही क्रममा डा.पन्थीका सहयोगी बन्न पुगे माओवादीका नेता जीवन गौतम । गौतमको हैसियत के मात्र हो भने उनले पूर्वस्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलको चाकडी गरेर सो अस्पतालको सहजकर्ताको रुपमा नियुक्ति लिएका थिए ।

एकप्रकारले मन्त्रीको सहयोगीको रुपमा । तर मन्त्रीसँगै उनको पद र भूमिका पनि गयो भन्ने गौतमले अहिलेसम्म थाहा पाएका छैनन् । उनै गौतमले स्वास्थ्य राज्यमन्त्री अर्याललाई ‘सभामुख कृष्णबहादुर महराले आफूलाई नयाँ प्रतिष्ठानको रजिष्ट्रर बनाउन चाहेकाले सो नहुञ्जलेसम्म संगीता भण्डारीलाई अस्पताल हस्तान्तरण गर्नु हुँदैन’ भनेर झुक्याइरहेका छन् ।

स्वास्थ्य मन्त्रालय निकट स्रोतका अनुसार शैक्षिक कार्यक्रम सञ्चालनको पूर्वाधारका रुपमा आवश्यक मानव संसाधन भर्नाका लागि प्रतिष्ठानले अघि बढाएको करार भर्नाका लागि छनोट कार्यक्रमको अन्तर्वार्ता रोक्न स्वास्थ्य राज्यमन्त्री अर्यालले आदेश दिएपछि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग पनि दूरी बढेको छ ।

स्वास्थ्य राज्यमन्त्री अर्यालले आफूसँग कुनै सल्लाह नगरी डा.पन्थी र जीवन गौतमको एकोहोरो कुरा सुनेर भर्ना प्रक्रिया रोकेकोमा दाङमा खैलाबैला मच्चिएको छ ।

कुनै बेला डा.पन्थी नेपाली कांग्रेसका खाट्टी कार्यकर्ता मानिन्थे । स्वार्थी स्वभावका डा.पन्थी पछिल्लो दिनमा ‘कालो’ माओवादी बनेर निस्किएका छन् । स्वार्थका लागि डा.पन्थीले आफूलाई ‘कृष्णबहादुर महराको खास मान्छे हुँ’भन्दै हिँड्ने गरेका छन् । महराको नाम लिएर डा.पन्थीले दाङ एमालेका नेताहरूलाई ठेगान लगाएको चर्चा हुने गरेको छ ।

राप्ती उपक्षेत्रीय अस्पतालाई ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान’ बनाउने पहिलो निर्णय नेपाली कांग्रेसले गरे पनि त्यसलाई बङ्ग्याएर एमाले र माओवादीका स्थानीय नेताहरूले जसले लिँदै आइरहेका छन् । तर, पछिल्लो पटक देखिएको विवादले प्रतिष्ठानको पक्षमा कांग्रेस मात्रै छ भन्ने देखाएको चर्चा हुन थालेको छ ।

डा. पन्थीले सरकारी अस्पतालमा भन्दा आफ्नै निजी अस्पतालमा व्यस्त हुने गरेका छन् । डा.पन्थीको यो व्यवहारबाट उपचार गर्न आउने बिरामीहरू आजित बनेका छन् । राजनीतिक रंग बदलेर लामो समयदेखि घोराहीको अस्पतालमा अड्डा जमाएर बसेका डा.पन्थीलाई माओवादी र एमालेका नेताहरूको ठूलो साथ छ । विशेष गरेर पछिल्लो समय डा.पन्थीलाई मओवादीका नेता जीवन गौतमले साथ दिएका छन् ।

Published : Monday, 2018 April 30, 5:01 pm

4 प्रतिकृया प्राप्त “घोराही अस्पतालमा भयानक राजनीति, मोज गर्दै डा.पन्थी–गौतम”

  • Haami dangali haru ek arka sanga baad bibaad gareu bhane sabaile haarchau. Sabaile jitne paripaati tayaar garau. Reality na bujhera kalam pani na chalau ra sabaiko jeet ko laagi kripaya yeslai politicalize na garau. Yo prathisthan butawal ma gayo bhane kasko jeet huncha. Kripaya hekka rakhau sabaile. Third party lai khelne awasar na deu.

  • दांग को बिकाश को बाधक भनेको दांग कै नेता तथा कार्यकर्ता हून, RIP तो टू जनार्दन पन्थी र उनका सहयोगी हरू लाई!

  • यती सारो त नहोला।पत्रकार को विश्वास नै लाग्न छोडेको छ।
    RIP Journalism napadhera journalism ko Tag virni hadulai….

  • यो समाचार लेख्न लगाउनेले लेख्नेलाई जाडपानिको राम्रै ब्यबस्था गर्देको रहेछ।
    पत्रकार र अन लाईनको नै बेजत गरिरहेका छन ।
    यस्ता पत्रकारका नामका कंलकलाई जेल हाल्नु पर्छ।
    त्यो प्रतिष्ठान निरमाणमा क कसको कति भुमिका छ भन्ने छेउ टप्पो केही थाहा नहुनेले किन जथावाही लेख्नु?

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया