देउखुरीकै पुरानो चैलाही सहकारीमा दोहोरिए रेग्मी
लमही । देउखुरीको पुरानो सहकारी संस्था ‘चैलाही सहकारी संंस्था’ले अध्यक्षमा गोविन्द रेग्मीलाई पुनः चयन गरेको छ ।
संस्थाको २४औँ वार्षिक साधारण सभा एवम् अधिवेशन अध्यक्षमा रेग्मीलाई चयन गरेको हो । लामहीमा आइतबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा मोहनलाल खत्री र कोषाध्यक्षमा नेत्रबहादुर बुढाथोकीलाई चयन गरेको छ ।
रेशमबहादुर खड्का, शोभाकर घिमिरे, गुरुदेब चौधरी र जानकी बस्नेतलाई सदस्यमा चयन गरिएको संस्थाद्वारा जारी सूचनामा उल्लेख छ ।
लेखा संयोजकमा विष्णुप्रसाद गौतमका साथै सदस्यहरूमा महादेव चौधरी र विष्णुप्रसाद गैरेलाई तोकिएको छ ।
सहकारीलाई लमही नगरपालिकाका सबै वडाहरूमा लैजाने गरेर तयार थाल्ने निर्णय पनि साधारण सभाले गरेको छ । यो सहकारी संस्थाले लमहीमा रेडियो देउखुरी सञलन गर्दै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

यसमा तपाइको मत