कांग्रेस र देउवालाई विवादित बनाउने नेतालाई उपसभापति ‘पद’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पदाधिकारीहरू नियुक्त गरेर आफूविरुद्धको आलोचनालाई मत्थर पार्ने प्रयास गरेका छन् ।

देउवाले रिक्त रहेका पदाधिकारीमा आफू निकटका नेताहरूलाई मनोनीत गरेर वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको प्रतिवादन गर्ने योजना बनाएका हुन् ।

स्रोतका अनुसार देउवाले उपसभापतिमा विमलेन्द्र निधी र महामन्त्रीमा पूर्णबहादुर खड्कालाई बनाउने गृहकार्य गरेका छन् । निधि गृहमन्त्री रहेका बेला आइजीपी प्रकरणमा देउवालाई बदनाम बनाएका थिए । त्यसको असर निर्वाचनमा परेको थियो ।

देउवाले सह–महामन्त्रीमा मानबहादुर विश्वकर्मालाई बनाउने तयारी गरेका छन् । मीन विश्वकर्मालाई सह–महामन्त्री बनाउन खोज्दा आफ्नै गुटभित्रबाट विरोध आएपछि देउवा हच्किएका हुन् ।

पौडेलले सहमहामन्त्रीमा आफ्नो पक्षको नेतालाई नियुक्ति गर्न दबाब दिइरहेका छन् । सह–महामन्त्री पौडेल पक्षलाई बनाउँदा पदाधिकारीतर्फ आफू अल्पमतमा पर्ने भएपछि देउवाले पदाधिकारी आफैसँग राख्न लागेका छन् ।

सभापति देउवाले महाधिवेशनको दुई वर्षपछि पार्टीमा पदाधिकारी मनोयनको तयारी थालेका हुन् । १३ औं महाधिवेशनबाट पार्टीको नेतृत्वमा पुगेको दुई वर्ष बितिसक्दा पनि सभापति देउवाले पार्टी पदाधिकारी मनोनयन नगरेको आलोचना भएको थियो ।

गत चैत ९ गतेदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठक कांग्रेस नेता खुमबहादुर खड्काको निधनका कारण स्थगित भएको थियो ।

Published : Monday, 2018 April 16, 12:31 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया