अर्चना पनेरुका पति प्रयोग भएका थुप्रै कण्डमसहित पक्राउ

काठमाडौं । पोर्न स्टार बन्ने भन्दै चर्चामा आएकी मोडल एवम् हिरोइन अर्चना पनेरुका पति अमेरिकन नागरिक उल्फ प्राइस पक्राउ परेका छन् ।

अमेरिकन नागरिक उल्फसँग विवाह गरेको भनेर पनेरूले केही समय अगाडि फेसबुकमा बिहेको फोटो पोस्ट गरेकी थिइन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बधुवार बेलुका बलम्बुस्थित एक घरबाट प्राइसलाई पक्राउ गरेको हो ।

प्राइस बस्ने घरबाट प्रहरीले २ सय ग्राम गाँजा र अन्य अवैध लागू औषधसमेत बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले जानकारी दिए ।

प्रहरीले १२ वर्षीय दुई बालकलाई समेत प्राइसको कोठाबाट उद्दार गरेको छ । उनीहरू कसरी र किन त्यहाँ आइपुगे भन्ने खुल्न सकेको छैन ।

मेरिकन नागरिक प्राइसको कोठाबाट नखोलिएका ६० वटा कण्डम, प्रयोग भएका थुप्रै कण्डम र यौन उत्तेजना बढाउने ‌औषधि समेत बरामत भएको छ ।

प्रहरीले अर्चना पनेरुसँग खिचिएको फोटोसमेत् फेला पारेको छ । स्थानीयले प्रहरीलाई दिएको जानकारी अनुसार बेला बेलामा पनेरु आफ्नी आमासहित प्राइसको कोठमा पुग्ने गरेकी थिइन् ।

काठमाडौं जिल्ला अदालतबाट लागूऔषध मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान थालेको छ ।

Published : Friday, 2018 April 6, 8:16 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया