भातृसंगठनहरूलाई क्रियाशील बनाउने राप्रपाको निर्णय
काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी चैतको अन्तिम हप्तामा उपत्यकास्तरीय भातृ संगठनहरूको संयुक्त भेला गर्ने निर्णय गरेको छ ।
काठमडौंमा आइतबार बसेको राप्रपाको भातृसंगठनहरूको संयुक्त बैठकले संगठन सुदृढीकरणलाई अगाडि बढाउने निर्णय गरेको हो ।
‘संगठन सुदृढीकरण सम्बन्धि कार्ययोजना सम्बन्धित भातृ संगठनको केन्द्रीय कार्य समितिको बैठकले तर्जुमा गरी पार्टीको वैशाख महिनामा हुने केन्द्रीय परिषदको बैठकमा प्रस्तुत गर्ने’, राप्रपाका प्रवक्ता भुवन पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको आगामी चैत २३ र २४ गते हुने केन्द्रीय भेला तयारीको सम्बन्धमा संयोजक महेशबहादुर सिंहले बैठकमा जानकारी गराएका थिए ।
बैठकमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र नेपाल सनातन धर्म संस्कृति संगठनको उपस्थिति रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

यसमा तपाइको मत