विद्या भण्डारीलाई कांग्रेसले काउन्टर दिने
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.रामशरण महतले राष्ट्रपति निर्वाचनमा एमालेकी उम्मेदवार विद्यादेवी भण्डारीलाई सर्वसम्मत हुन नदिने बताएका छन् ।
नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा.महतले राष्ट्रपतिमा कांग्रेसले पनि उम्मेदवार बनाउने बताए ।
‘नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिनेछ’, उनले भने, ‘एमालेले विद्यादेवी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको सुनेको छु । जित हार जे भए पनि कांग्रेसले उम्मेदवारी दिन्छ । सर्वसम्मत हुन दिँदैन ।’
मंगलबार राति सम्पन्न एमालेको स्थायी समिति बैठकले भण्डारीलाई राष्ट्रपतिमा पुनः उठाउने निर्णय गरेको थियो ।
Published : Wednesday, 2018 March 7, 10:26 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

यसमा तपाइको मत