‘प्रचण्ड’ र पूर्वराजाका खास ‘मान्छे’बीच वार्ता
काठमाडौं । बाम गठबन्धनले सरकार बनाउने अन्तिम तयारी भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व राजा ज्ञानेन्द्र शाहको सक्रिय शासनकालका बेला परराष्ट्र मन्त्री बनेका रमेशनाथ पाण्डेबीच अचानक भेटवार्ता भएको छ ।
प्रचण्डले सोमबार पाण्डेलाई ललितपुरस्थित एक व्यक्तिको घरमा पुगेर भेटवार्ता गरेका हुन् । सो वार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था र बाम गठबन्धनको लक्ष्यका विषयमा कुराकानी भएको स्रोतले जनाएको छ । उनीहरूका बीच झण्डै एक घण्टा वार्ता भएको स्रोतको भनाइ छ । उनीहरूबीच के कुरा भएको हो केही बताइएको छैन ।
पूर्वराजा ज्ञानेन्द्र शाहसँग निकट मानिने पूर्व मन्त्री पाण्डेसँग माओवादी अध्यक्ष प्रचण्डको भेटवार्तालाई महत्वका साथ नेताहरूले लिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

यसमा तपाइको मत