ओलीलाई भावी प्रधानमन्त्री भन्ने, प्रचण्डलाई किन भावी अध्यक्ष नभन्ने ?
काठमाडौं । एमालेका नेताहरूले केपी ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा सार्वजनिक अभिव्यक्ति दिन थालेको धेरै भइसक्यो । माओवादी केन्द्रसँगको गठबन्धनबाट सबैभन्दा ठूलो दल बनेको एमालेले एकतर्फी रुपमा ओलीलाई प्रधानमन्त्रीका रुपमा प्रचार गरिरहेको छ ।
माओवादीसँग पार्टी एकीकरण गर्ने भनिएको छ । तर, माओवादीलाई कार्यकारी पदहरू दिने पक्षमा एमालेका नेताहरू देखिएका छैनन् ।
एमालेका महासचिव ईश्वर पोखरेलले नै एकीकृत पार्टीको अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री ओली नै हुने भनेर अभिव्यक्ति दिँदै आएका छन् । पोखरेलले दिएका अभिव्यक्ति जायज रहेको भनेर बिहीबार आयोजित पत्रकार सम्मेलनमा ओलीले बचाउ गरेका थिए ।
ओलीले अहिले आएर किन पार्टी एकता विरोधी अभिव्यक्ति दिने नेताहरूको बचाउ गरेका छन् भनेर माओवादीका नेताहरूले आश्चर्य व्यक्त गरेका छन् । माओवादीका नेताहरू चिढिने गरेर आउने एमालेका नेताहरूको अभिव्यक्तिबाट दुबै दलका नेताहरू जानकार छन् ।
एमालेका नेताहरूले अहिले माओवादीलाई बाहिर राखेर सरकार बनाउने अवस्था पनि छैन । किन भने जनतासँग बाम गठबन्धनका नाममा मत मागेका थिए ।
यद्यपि, ओलीले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसँग मिलेर सरकार बनाउने गृहकार्य समेत गरेका थिए । यो जानकारी पाएका पुष्पकमल दाहाल प्रचण्डले त्यसलाई रोक्ने प्रयास गरेका थिए ।
एमालेका नेताहरूले ओलीलाई जसरी भावी प्रधानमन्त्रीका रुपमा परिचय दिन थालेका छन् त्यसले पार्टी एकीकरणमा धेरै प्रश्नहरू उब्जाइदिएको छ ।
एमालेका नेताहरूले प्रचण्डलाई किन भावी अध्यक्ष भनेर भन्दैनन् ? प्रश्न उठेका छन् । माओवादीका नेताहरूले प्रचण्डलाई पनि एकीकृत पार्टीको भावी अध्यक्ष भनेर सम्बोधन गरेको सुन्न चाहन्छन् ।
1 प्रतिकृया प्राप्त “ओलीलाई भावी प्रधानमन्त्री भन्ने, प्रचण्डलाई किन भावी अध्यक्ष नभन्ने ?”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

एकदम केपि वलिलाई भाबी प्रधानमन्त्री भनेर सम्बोधन भएकै बेला प्रचण्ड लाई पनि भाबी पार्टी अध्यक्ष भनेर अभिव्यक्ति दिनुपर्छ एमालेकानेताहरुले नत्र चिची पनि मलाई पापा पनि मलाई गर्न भएन यदि साच्चै नै बाम गठबन्धन गर्न खोजेकै र स्थायित्व को सरकार बनाउन चाहेको हो भने नत्र त्यतिकै ढोङ नबजाए हुन्छ एमाले ले !!!