एमालेका यी दुई हेभीवेटबीच किन यस्तो तिक्तता ?
काठमाडौं । नेकपा (एमाले) सत्तामा जाने अन्तिम तयारी गरिरहेका बेला उपाध्यक्ष बामदेव गौतम र महासचिव ईश्वर पोखरेलबीच बोलचाल बन्द हुने अवस्था सिर्जना भएको छ ।
केपी ओलीलाई अध्यक्ष बनाउन एउटै मोर्चामा लागेका गौतम र पोखरेलबीच अहिले बोलचालन बन्द हुने अवस्था भएको हो । उनीहरूबीच भावी नेतृत्वलाई लिएर टसल भएको स्रोतले जनाएको छ ।
अध्यक्ष ओलीले आफूलाई वेवास्ता गरेर पोखरेललाई बढी च्यापेको भन्ने शीर्षकमा शुरु भएको उनीहरुको मनमुटाव यसबेला आएर बिष्फोटक अवस्थामा पुगेको स्रोतले जनाएको छ । गौतम र पोखरेल एउटै गुटमा रहँदा पनि उनीहरूबीच कहिल्यै राम्रो सम्बन्ध नरहेको एक नेताले दावी गरे ।
गौतमले भने आफूले ओलीलाई अध्यक्ष बनाउँदा ओलीले दिएको बचन पूरा गर्न नदिन पोखरेलले नकारात्मक भूमिका निर्वाह गरेको आरोप लगाउँदै आएका छन् ।
हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा गौतमले आफूलाई हराउन महासचिव पोखरेलको अप्रत्यक्ष संलग्नता रहेको आरोप लगाएका छन्। गौतमले महासचिव पोखरेलको निर्वाचन क्षेत्रमा परिचालन समितिको संयोजक बनेका केन्द्रीय सदस्य सूर्य थापा लगायतले अन्तरघात गरेको आरोप लगाएका छन्।
केन्द्रीय सदस्य सूर्य थापाले भने आफू गौतमको निर्वाचन क्षेत्रमा गएको भए उनलाई जिताएर ल्याउने दावी गरे । एमाले निकट प्रेस चौतारीको बिहीबार बसेको सचिवालयको बैठकमा बोल्दै यस्तो बताएको स्रोतले जानकारी दिएको छ ।
‘म पहिला प्युठानमा गौतमलाई जिताउन गएँं जिताएर ल्याँंए, अहिले महासचिवलाई काठमाडौंबाट जिताएँं । म जहाँ हात हाल्छु उतै सफलता मिल्छ’, थापाको भनाई उदृत गर्दै बैठकमा सहभागी स्रोतले भन्यो । बैठकमा उनले गौतमलाई सहयोग गर्ने पत्रकारहरू विश्वमणि सुवेदी र किशोर श्रेष्ठ प्रतिपनि आक्रोश पोखेका थिए ।
स्रोतका अनुसार उनले नामै नलिईकन उपाध्यक्ष गौतममाथि पार्टी समाप्त गर्न लागेको आरोप लगाएका थिए । ‘पार्टी फुटाएर समाप्त पार्नेहरु फेरि फर्केर पनि पार्टीमा आएका छन्’, थापाको भनाई उदृत गर्दे स्रोतले भन्यो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत