कृष्णबहादुर महराले गरेका थिए यस्तो ‘खतरनाक’ निर्णय
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तत्कालीन अर्थमन्त्री एवम् माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले किसानका लागि खरिद गर्ने ट्याक्टरमा भ्याट लगाएको आरोप लगाएका छन् ।
रिपोर्टक्लव नेपालको बुधबार आयोजित साक्षत्कारमा अर्थमन्त्री कार्कीले माओवादीहरु किसानको पक्षमा नरहेको बताए ।
‘कृष्णबहादुर महराजी अर्थमन्त्री भएको बेला किसानका लागि ट्याक्टर खरिदमा सरकारले दिँदै आएको छुटमा भ्याट लगाउने निर्णय गर्नुभएको रहेछ’, कार्कीले भने, ‘अर्थमन्त्रालयले ट्याक्टरमा लगाएको भ्याट हटाउने विषयमा आन्तरिक गृहकार्य गररहेको छ । छिट्टै भ्याट हटाइनेछ ।’
कांग्रेस नेता कार्कीले माओवादी र एमाले कहिल्यै पनि किसानहरुको पक्षमा नरहेको बताए । उनले भने, ‘गरिव जनता र किसानको पक्षमा कांग्रेस मात्रै छ’, उनले भने, ‘किसानलाई मर्का पर्ने गरी लगाइएको भ्याट आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने बेलामा मात्र हटाउन सकिनेछ ।’
नेपाली कांग्रेसविरुद्ध माओवादी र एमाले लागिरहेको कार्कीको भनाइ थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

यसमा तपाइको मत